कपिलवस्तु, ०६ असोज ।झण्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् । कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । ‘लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरूले विगत १० महिनादेखि पेश भएको रनिङ बिलको भुक्तानी नपाएको हुँदा…