कर्णाली, १८ भदौः लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले योग्यता र सक्षमताका हिसाबले कर्णालीको अवस्था निराशाजनक नरहेको बताउनुभएको छ । लोक सेवा आयोगको हीरक जयन्तीका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम’मा उहाँले देशभरिमा आयोगको उत्कृष्ट दशभित्र कर्णाली पर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार सिफारिस भएका उम्मेदवारको जिल्लागत तथ्याङ्क हेर्दा दैलेख…