सुदूरपश्चिम, २४ चैत सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनअन्तर्गत आज बसेको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशनलाई उपलब्धिमूलक बनाउन सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’…