कञ्चनपुर, २३ असोज कृष्णपुर नगरपालिका–३ का बासिन्दाले ५० वर्षदेखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व अझै पाउन सकेका छैनन् । तत्कालीन सुकुम्बासी आयोगले सेतो जग्गाधनी प्रमाण–पूर्जा वितरण गरे पनि त्यसले मान्यता नपाउँदा स्थानीय बासिन्दा स्वामित्वबिहीन अवस्थामा रहेका हुन् । जग्गाको स्वामित्व नपाउँदा स्थानीयले आफ्नो जग्गा बैङ्कमा धितो राखेर कारोबार सुरु गर्न, उद्यमशीलता कार्यक्रम अघि बढाउन र…