दोधारा चाँदनी (कञ्चनपुर), १ असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आउनुभएको थियो । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उहाँले पुनःरोजगारीका लागि दुबई जाने निधो गर्नुभयो । यसका लागि टिकट समेत तय भइसकेको थियोे । तर कोभिड सङ्क्रमणका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि उहाँको दुबई जाने सपना पूरा भएन…