झापा, १४ फागुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताउनुभयो । झापा क्षेत्र नं ५ बाट…