प्रदेश

बाणगंगामा इण्डोनेसियन प्रविधी , पोखरी विहिन माछा



कपिलवस्तु ९ फागुन ।कपिलवस्तुको वाणगंगामा इण्डोनेसियन प्रविधीवाट मत्स्य पालन ब्यवसाय सुरु भएको छ ।पाखेरी खनेरै माछा पालन हुदै आएको नेपालमा प्लाष्टि भित्रै मत्स्य पालन शुरु भएको हो । एकातिर  जिल्लामा ब्यावसयिक रुपमा माछा पालन गर्नेको संख्या बढ्दै जादा माछामा आत्मनिर्भर  अवस्था देखा परेको छ भने अर्काेतर्फ नयाप्रबिधिबाट ब्यवसाय शुरु भएको छ ।

         यसैक्रमा बाणगंगा ८ का कृषक दुर्गा आचार्यले  माछा पालन ब्यवसाय फरक किसीमबाट संचालन गर्नुभएको छ । कपिलवस्तु जिल्लामै पहिलो पटक पोखरीमा नभई प्लाष्टिकले वरिपरि घेरि पानी ट्यांकंी निर्माण गरि चप्परगाउँका दुर्गा आचार्यले माछा पालन ब्यवसाय शुरु गर्नुभएको हो । उहाले सामाजिक सञ्जालमा  राखिएको माछा पालनगर्ने तरिका र बिधिलाई अनुशरण गर्दै यस्तो फरक खालको ट्याकीनिर्माण गरि ब्यवसाय शुरु गर्नुभएको हो । यस अर्थमा सामाजिक सञ्जालबाट पनि राम्रो ज्ञान लिन सकिने  गतिलो उदाहरण कृषक आचार्यले प्रस्तुत गर्नुभएको छ । 

उहाले करिव २ लाखको लगानीमा उक्त ब्यवसाय सुरु गरेको  बताउनुभयो । सुरुमा दुईवटा ट्याङकीमा १७ सय माङगुर माछा राखेको आचार्यको भनाई छ ।यस्तै उहाको ब्यवसायलाई छिमेकिले पनि सिको गर्दै शुरु गर्नथालेको छिमेकी पुर्ण श्रेष्ठले बताउनु भयो । थोरै लगानी, कमजमिन र परिवारको जुन सदस्यले पनि गर्न सक्ने देखेपछि आफुले पनि व्यवसाय सुरु गरेको  उहाँको तर्क छ ।  

यता वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधि भुसालले नयाँ तरिकाले सुरु भएको अत्याधुनिक खालको फिस फार्मिङमा माछाका भुरा छोड्दै यस्ता खालका ब्यवसायलाई स्थानिय सरकारले बिशेष चासो दिने बताउनु भयो । साथै उहाँले वडाबाट सहयोग गर्ने बताउदै यसको सिको अन्य युवाहरुले गर्नु जरुरी रहेको स्पष्ट पार्नु भयो । यो माछापालन बिधि इन्डोनेसियामा अनुसन्धान भई भारत हुदै नेपाल भित्रिएको कृषक आचार्यको भनाई छ । सामान्य तालिम, थोरै लागनी, कम जमिनमा सञ्चालनगर्न सकीने भन्दै यस्ता खालका ब्यवसायमा अरु युवालाई पनि लाग्नउ हाले प्रेरित गर्नुभयो । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६