काठमाडौँ २७ फागुन । प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बीच समझादारी भएको छ । नार्कको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुक्षी विकासमन्त्री घनश्याम भुषालको उपस्थितिमा प्रदेश सचिव तेजबहादूर सुवेदी र नार्कका निमित्त कार्यकारी निर्देशक डा दीपक भण्डारीले समझादारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
देशभरमा कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरण गर्दै आएको परिषद्सँग मन्त्रालयले आवश्यक विज्ञ सेवा लिने गरी समझदारी गरेको छ । प्रदेशका मन्त्री आरती पौडेलले सो समझदारीले प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको ‘स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभयो । सो समझदारीपत्रमा मन्त्रालयले आवश्यक पूर्वाधार निर्माण गर्न, स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत विकास र अनुसन्धानका लागि र स्थानीयस्तरमा काम गर्ने प्राविधिकको ज्ञान बढाउन बजेट छुट्टाउनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया