समाचार

ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ



काठमाडौ ३० फागुन । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र लाइसेन्सको ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीबार पक्राउ गरेको हो ।महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुईजनालाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धाँमीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । 

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६