कपिलवस्तु १ चैत । ।कपिलवस्तुका ३ वटा पालिकामा आज परेको असिनाले कृषि उपजमा ठूलो क्षती पुराएको छ । कपिलवस्तु नगरपालिका ,यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकाका दक्षिणी भेगका अधिकांस वडामा वाक्लो असिना परेको हो । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्यका अनुसार गोभी,टमाटर लगायतका तरकारी र आँप लगायतका फलफूल र तोरी गहँु लगायतका कृषि उपजमा असिनाले क्षती पुराएको छ ।
क्षतीको आर्थिक मुल्य सहितको विवरण संकलन हुन समय लाग्ने वताउदै असिना र पानीले इट्टा उद्योगमा समेत क्षती पुराएको आर्यले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले निकै ठूलो असिना परेको भए पनि मानविय क्षती भएको जानकारी नआएको वताउदै भौतिक क्षती भएको प्रष्टाउनु भयो । कतिपय सवारी साधनका सिसा समेत असिनाले फुटाएको जानकारीमा आएको कपिलवस्तु जीप तथा टयाक्सी ब्यवसायी समितिका दिनेश हमालले वताउनु भयो ।
प्रतिक्रिया