बुटवल ३ चैत्र ।कोरोना संक्रमणको आशंका गरेर प्रादेशीक अस्पत्ताल बुटवलको आइसोलेशन वार्डमा भर्ना गरिएका गुल्मीका युवामा कडा खालको निमोनिया फेला परेको छ । तामनगर स्थित कोरियन कम्पनीमिा कार्यरत रहेका वखत आइसोलेशनमा भर्ना भएका युवामा कोरोनाको संक्रमण नभएको पाईएको हो । २१ वर्षका ती युवामा कडा खालको निमोनिया देखिएको सरुवा रोग अस्पत्ताल टेकुको केन्द्रिय प्रयोगशालामा गरेको ल्याव परीक्षणवाट कडा खालको निमोनिया फेला परेको प्रादेशीक अस्पत्तालका मेसु राजेन्द्र खनालले जानकारी दिनु भयो ।
सोहीअनुसार उनको घाँटीभित्रको र्यालको नमूना परीक्षण गर्दा संक्रमणको पुष्टि नभएको वताइएको हो । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको संक्रमण नभएको पुष्टि गरेको उहाले वताउनु भयो । उहाले काठमाडौंबाट टेलिफोनमार्फत आज जानकारी पाएको बताउनु भयो । उहाका अनुसार ती युवाको स्वास्थ्यमा सुधार भईरहेको छ।
प्रतिक्रिया