काठमाडौं, ५ चैत । काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र नै ती किशोरीमाथि ३ जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
करिब २ः०० बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्न ट्रकका सहचालक रहेको खुलेको छ । घटना सम्बन्धमा प्रहरीरे सुक्ष्म अनुसन्धान गरीरहेको र दोषीलाई कडा भन्दा कडा कार्वाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया