म्याग्दी १० चैत । चीनको वुहानबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल विश्वका १ सय ८७ देशमा फैलिएको छ । कोरोनाको प्रकोपबाट बच्न मास्क र सेनिटाईजरको अधिक प्रयोग हुन थालेपछि बजारमा माक्सको अभाव सगैँ कालोबजारी बढीरहेको छ । १० रुपैयामा पाईने माक्सलाई एक् सय देखि ढेडसयसम्म पर्ने गरेको खवर सुन्न र देख्न पाईन्छ । अझ उभोग बढि र उत्पान स्थिर भएका कारण बजारमा माक्स पाउन ज्यादै सर्घषको विषय बनेका बेला म्याग्दीका युवाहरुले स्थानीय रुपमा माक्स उत्पादन सुरु गरेका छन् । नेपाल युवा परिषद म्याग्दी ,इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब र म्याग्दी जेसिजलले संयुक्त रुपमा मेडिकलले माक्स सरह गुणस्तरीय माक्स उत्पादन सुरु गरेका हुन् । युवाहरुले दैनिक एक सय सर्जिकल र मेडिकल माक्स उत्पादन गर्नु सुरु गरेको नेपाल युवा परिषद म्यागदीका अध्यक्ष छवि आचार्यले जानकारी दिनुभयो । युवाले उत्पादन गरेको माक्स जिल्ला अस्पताल म्याग्दीले र जिल्ला प्रशासन कार्यालयले मेडिकल माक्स सरहको मान्यता दिएको छ । माक्स उत्पादन संगै युवाहरुले माक्स प्रयोग गर्ने तरिकाबारे समेत सर्वसाधरणलाई सचेत बनाउने बताएका छन्।
१० चैत्र २०७६, सोमबार
प्रतिक्रिया