समाचार

४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार



रुपन्देही १० चैत्र । बुटवलमा ४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा बुटवलको धागो कारखाना भवनमा अस्थायी अस्पताल तयार गरिएको हो ।भेन्टिलेटर सुविधासहित २ कोठामा ४० बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना उपचार फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।अस्पतालबाहिर नेपाली सेनाले निर्माण गरेको टेण्टमा पनि बेडहरु राखिएका छन् । अस्थायी आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र प्राविधिकसहित १५ जना स्वास्थ्यकर्मी खटाइने मेडिकल सुपरीटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो । अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले तीन दिन श्रमदान गरेका थिए । यसैबीच प्रादेशिक अस्पताल बुटवलबाट कोरोना संक्रमणको आशंकामा काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षणका लागि पठाइएका पाँच जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालले बताएको छ ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६