कपिलवस्तु १० चैत्र । एक दिन भित्र आईसोलेसन बार्ड र क्वारेन्टाई खडा गर्नु पर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । स्थानिय तह र जिल्ला प्रशासन कार्यालय बिच बैठक वसि निर्माण नगर्ने स्थानिय तहका प्रमुख कै घरमा शंकास्पदलाई राख्ने पौडेलले वताउनु भयो । यस अगाडि जिल्ला प्रशासन कार्यालय ले क्वारेन्टनईन र आईसोलेसन निर्माण गर्न निर्देशन दिएको थियो ।जिल्ला भित्र कोरोना छिर्न नदिनका लागि आवश्यक तयारि भएको वताईएको छ । सबै नगरपालिकाले सुचना दिने काम निरन्तर भई रहेको र क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गर्ने वताईएको छ । छलफलमा सबै स्थानिय तह , जिल्ला प्रहरी कार्यालय , शसस्त्र प्रहरी , पत्रकार महासंघ लगायतको सहभागिता भएको थियो ।
१० चैत्र २०७६, सोमबार
प्रतिक्रिया