कृष्णनगर, चैत्र ११ । निषेधाज्ञा उलंघन गर्ने सात जना लाई इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियंत्रणमा लिएको छ । कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्रबाट ७ जनालाई नियंत्रणमा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
नियंत्रणमा लिइएका सातै जनाको अनुसंधान भइरहेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। नियम उल्लंघन गर्नै ५० बढी मोटरसाइकल समेत प्रहरीले नियन्त्रण्मा लिएको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि कपिलवस्तुमा त्यसको पूर्णरुपमा पालना हुन सकेको छैन । मोटरसाइकलमा हिडेर नियमको उल्लंघन भएकाले कडाइ गर्न मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया