प्रदेश

मुख्यमन्त्रीद्वारा प्रदेशवासीलाई सम्वोधन : उपभोग्य बस्तु र उपचारमा कुनै कमी हुन दिइने छैन



रुपन्देही १३ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधवार प्रदेश ५ का जनताका नाममा सम्वोधन गर्दै कोरोनाविरुद्धको स्वास्थ्य युद्ध लड्ने अभियानमा सवै नागरिकहरु एकताबद्ध भएर सरकारको निर्णय पालना गर्न अनुरोध गर्नुभएको छ । उहाले दैनिक उपभोग्य बस्तुको अभाव र संक्रमणको लक्षण देखिएकहरुको उपचारमा कुनैपनि कमी हुन नदिने दृढ प्रतिवद्धता जनाउनु भएको छ । उहाँले आफ्नो आनीबानी र खानपानमा सुधार गर्न सके कोरोना भाइरससंग लड्न सकिने पनि बताउनुभएको छ ।

        मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लक डाउन जनताकै स्वास्थ्यका लागि भएको भन्दै सबैले सरकारको घोषणा पालना गर्नु कर्तब्य भएको बताउनु भयो । उहाँले टोल विकास संस्थाहरुलाई आफ्नो टोलमा टोल बाहिरका ब्यक्तिहरुलाई आउन नदिई सरकारको लकडाउनलाई सफल बनाउन आग्रह गर्नुभयो ।मुख्यमन्त्री पोखरेलले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै सरकारको घोषणालाई सबैले पालना गर्न सकेमात्र बिश्वमा फैलिएको महामारी नियन्त्रण गर्न सकिने बताउनु भयो ।

    यसै बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले घोषणा गरेको लक डाउनको कार्यान्वयनमा आजैबाट प्रशासनले कडाईकासाथ पालना गराउने बताउनु भएको छ ।उहांले संक्रामक रोग निवारण ऐन अनुसार लक डाउन भएकाले सुरुका दिनमा जनता आफै लक डाउनमा सहभागी हुन् भन्दै प्रशासनले कडाई नगरेको बताउंदै आवश्यक परे स्थानीय प्रशासन ऐन अनुसार कारवाही गरिने बताउनुभयो ।

        स्थानीय प्रशासन ऐनमा प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा जारी गर्न पाउने र आवश्यक बल प्रयोग गर्न पाउने ब्यवस्था गरिएको छ ।प्रमुख जिल्ला अधिकारी पन्थले आपूर्ति व्यवस्थालाई सहज बनाउन खाद्यान्न, तरकारी, डेरी, औषधी जस्ता वस्तुका पसलहरु दिनभरी खोल्ने वातावरण बनाईने बताउंदै त्यस्ता पसलहरुले स्वास्थ्य सुरक्षा र भीडभाड नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६