ब्रेकिंग न्युज

बाणगंगामा शिक्षा उत्सवः उत्कृष्ट नतिजा, सम्मान र गुणस्तर प्रति बढ्दो भरोसा



कपिलवस्तु, १ वैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिका यतिबेला शैक्षिक उत्साहले भरिएको छ। यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरूले वार्षिक परीक्षाफल प्रकाशनसँगै पुरस्कार वितरण, सम्मान तथा विविध सिर्जनात्मक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेका छन्।


नगरभित्रका बाणगंगा मा.वि. लौगाई, जनता माध्यमिक विद्यालय पिपरा, बाल मावि बैरिया, होराईजन उच्च मा.वि. सिद्धिपुर, पारिजात ई. बो. स्कूल बनगाई, यूनाइटेड ई. बो. स्कूल चप्परगाउँ, हथौसा लिटिल स्टार ई. बो. स्कूल ओदारी, कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन बैदौली र आवर विज्डम ई. बो. स्कूल बैरिया लगायत विद्यालयहरूले अभिभावकको उल्लेख्य सहभागितामा व्यवस्थित र प्रभावकारी कार्यक्रम सम्पन्न गरेका हुन्।


परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह अभिवृद्धि गरिएको छ भने विद्यालयहरूले शैक्षिक गुणस्तर र सिर्जनशील गतिविधिमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन्।


पारिजात ई. बो. स्कूलका अध्यक्ष बसन्तराज खनालका अनुसार विद्यालयहरूको गुणस्तरीय शिक्षाले अभिभावकमा बलियो भरोसा पैदा गरेको छ। त्यस्तै कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनका अध्यक्ष सरोज खनालले संस्थागत विद्यालयहरूले सिर्जनात्मक गतिविधिमा समेत उल्लेख्य लगानी गर्दै आएको बताए।


हथौसा लिटिल स्टार ई. बो. स्कूलका प्रिन्सिपल सुन्दर पाण्डेले गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याउँदै उत्कृष्ट शिक्षाका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गरे।

यसैबीच आवर विज्डम बोर्डिङ स्कूलले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै अभिभावक र समुदायसँगको सम्बन्ध अझ मजबुत बनाएको विद्यालयका अध्यक्ष उमानाथ पौडेल बताउनु हुन्छ ।


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले बाणगंगाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले शैक्षिक विकासलाई अझ सुदृढ बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।


बाणगंगा नगरभित्र शैक्षिक क्षेत्रले हासिल गरेको यो उपलब्धिले यहाँको शिक्षा प्रणालीप्रति विश्वास अझ मजबुत बनाएको छ।

उत्कृष्ट नतिजा, सक्रिय अभिभावक सहभागिता र विद्यालयहरूको प्रतिबद्धताले बाणगंगालाई गुणस्तरीय शिक्षाको नमूना क्षेत्रका रूपमा स्थापित गर्दै लगेको देखिन्छ।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६