ब्रेकिंग न्युज

नेपालको सिमा जोडिएका क्षेत्रमा ६१ कोरोना संक्रमित



कपिलवस्तु १३ चैत्र । नेपाल संग सिमा जोडिएका क्षेत्रमा ६१ जना कोरोना संक्रमित फेला परेका छन । भारतको ५ प्रान्त र चिनको तिव्वत संग नेपालको सिमा जोडिएको छ । ति क्षेत्रका १२ जना उपचार पछी घरमा फर्किएका छन भने २ जनाको मृत्यु भएको छ । छिमेक मध्ये सवै भन्दा वढी कोरोना संक्रमण उत्तर प्रदेसमा भएको पाईएको छ ।

भारतिय संचार माध्यमका अनुसार युपीमा अहिले सम्म ४२ जनामा कोरोना संक्रमण भएको फेला परेको छ । संक्रमीत मध्ये ११ जना निको भएर घर फर्किएका छन  । यसै गरी छिमेकी प्रान्त पश्चिम वंगालमा ९ जना कोरोना संक्रमण रहेका छन भने १ जनाको मृत्यु भएको छ । उत्तरा खण्डमा ५ जना संक्रमीत फेला परेका छन । यसै गरी विहारमा ४ जना संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ । चिनको तिव्वतमा १ जना कोरोना संक्रमित उपचार पछी निको भएको तथ्यांक आज तकमा प्रकाशित भएको छ ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६