समाचार

लकडाउन थपिए अती गरीवलाई खाद्यान्न दिन्छौ : श्रेष्ठ



कपिलवस्तु १३ चैत्र । कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले नगरपालिकामा भएका अति गरीव परिवारलाई खाद्यान्न वाढ्ने योजना वनाएको छ । नगरपालिकामा रहेका मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिक, अति गरीव परिवारलाई खाद्यान्न , दाल,  तेल  लगायतका अति आवश्यक सामाग्री वितरण गर्ने योजना वनाएको नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रेसपाटीलाई वताउनु भयो । पहिला डाटा लिन्छौ यही परिस्थिती लम्वियो भने प्याकेजमा राहत दिन्छौ । लकडाउनका कारण अती गरीव वर्गले छाक टार्न गारो पर्ने भएकोले यो योजना वनाईएको हो  । सबै  वडामा अति गरीवको डाटा तत्काल पहिचान गर्ने छौ । कोरोनाको कारण लकडाउनमा परेर जिविको पार्जन गर्ने हैसियत नभएका सवै परिवारलाई नगरपालिकाले पाल्ने श्रेष्ठले वताउनु भयो । नगरको योजना अनुसार आफुहरुले तथ्याकं लिन सुरु गरेको वडा नं ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले वताउनु भयो ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६