कपिलवस्तु १४ चैत । रुपन्देहि जिल्लाको सैनामैना नगरपालिकाकालाई नमुना तथा आधुनिक सहर कारुपमा निर्माण गर्ने नगरप्रमुख चित्र बहादुर कार्कीको अठोट रहेको छ । कार्कीले प्रेसपाटीसंग सक्षिप्त कुराकानी गर्दै यस्तो बताउनु भएको हो । पूर्वधार तर्फकै सबैभन्दा ठुलो चक्र पथ निर्माण लगायत नमुना योग्य काम आफनो नगरपालिकामा भएको उद्घोष गर्दै यस मानेमा सैनामैना नगरपालिका अन्य पालिका भन्दा फरक ढंगले अगाडि बढिरहेको बताउनु भयो ।
सवादकै क्रममा कार्कीले भन्नु भयो ढाई अरब लागतमा लुम्बिनीको क्षेत्रिय बिकासलाई जोडेर बहुदृश्य बाध बनाउने कामको पनि सुरुवात हुदैछ । निर्वाचित भएको करिब २ बर्ष बढिको समयमा नगरपालिकामा थुप्रै कामको सुरुवाँत गरेकाले नगरवासीहरुको राम्रो पृष्ठपोषण पाएको अनुभव सुनाउदै, जनताले बिश्वास गरेर दिएको सबै जिम्मेवारी पुरा गर्ने बताउनु भयो । चुनावका बेला आफुले जनता बिच राखेको प्रतिवद्धतालाई स्मरण गर्दैे सुकुम्वासीको घर , जग्गा , जमिना तथा जनसख्याको तथ्याकं लिई सकेकाले लालपुर्जा दिने काम प्रतिवद्धता मध्येको मुख्य काम भएकाले सो काम छिटै अगाडि बढ्ने स्पष्ट पार्नु भयो । ८ अरबको लागतमा बुटवल र सैनामैनाको सिमनामा अनुसान्धान केन्द्र सहतिको कृषिग्राम स्थापनाले किसानलाई ठुलो राहत मिल्ने बताउनु भयो । सबै पालिका मिलेर फोहोरमैलाको ब्यवस्थापन गरि आधुनिक फोहोर मैला प्रसोधन केन्द्र निर्माण गरे कृषिमा छिटै क्रान्ती आउन सक्ने बिश्वास ब्यक्त गर्नु भयो ।
स्थानिय तह र वन क्षेत्र संग बेला बेला देखिने बिवादका बिषयमा बोल्दै नगरप्रम्ख कार्कीले भन्नु भयो हामी कसै सगं बिवाद गरेका छैनौ । तर सैनामैना नगरपालिकाले आफनो मनमानि गरेर वन क्षेत्रमा फोहोर फालि दुर्गध फैलियो भनि गलत भ्रम फैलाउने जो कोहीलाई पनि उम्कन नदिने चेनतावानी दिनु भयो । सैनामैना नगरपालिकामा खानेपानी, ढल निकास, करीडोर निर्माण, भौतिक संरचानाको निर्माण, पर्यटकीय गन्तव्यको स्तरोन्नती, शिक्षा , स्वास्थ्य , सडक निर्माण लगायतका थुप्रै कामहरु भइरहेका छन् । नगरमा भएको जनसख्याले उद्यमशिलता मार्फत सजिलै जिविकोपार्जन गर्न सक्ने वातावरणे छिटै सिर्जना गरि बेरोजगार युवा युवतीलाई दक्ष बनाउने कामको पनि सुरुवात भईरहेको कार्कीको भनाई छ ।
प्रतिक्रिया