ब्रेकिंग न्युज

होम क्वारेन्टाईनमा नवस्नेलाई सम्झाउन घरै पुग्यो प्रहरी ।



कपिलवस्तु

कपिलवस्तुको वुद्धभुमी १० पिपरहवा र हर्रहवामा होम क्वारेन्टाईनमा वस्न नखोज्ने लाई घरमै पुगी परामर्स गरेको छ । कोरोनाको संक्रमण भारतमा फैलिए पछी नेपाल छिरेका ७ जनालाई सम्झाउन ईलाका प्रहरी कार्यालय गोरुसिंगे र स्वास्थय कर्मिको टोली घर मै पुगेको हो । उनीहरुलाई खोज्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । स्थानिय समाजसेवीको सहयोगमा प्रहरीले ७ जनालाई पहिचान गरेको हो । 

प्रहरीले सातै जनालाई काउन्सलींग समेत गरेको छ । चैत्र १० गते आएका ति मानिसहरु होम क्वारेन्टाईनमा नवसी टोलमा डुल्ने मास्क प्रयोग नर्गने गर्दै आएका थिए । स्थानियले सम्झाउदा अटेर गरे पछी स्थानियले प्रहरी गुहारेका थिए । ईप्रका गोरुसिंगेका प्रहरी निरीक्षक प्रहरी र स्वास्थ्य कर्मि पुगे पछी उनीहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।

स्वास्थ्य परिक्षण गर्द उनिहरुको अवस्था सामान्य रहेको वताईएको छ । प्रहरीले उनीहरुलाई वाहिर नजान र होम क्वारेन्टाईनमा वस्न सुझाव दिएर फर्किएको थियो । प्रहरीले सुरुमा खोज्दै जादा कोही नभएको भने पछी समुदायका अगुवाको सहयोग लिएर उनिहरुको पहिचान गरेको थियो ।


प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६