सम्पादकीय

टोल सुरक्षा टोली बनाउँ



    कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । पहिले सतर्कता नअपनाउने देशका शहर र गाउँहरु पछि पछुताउन र रुन परेको छ, आफ्ना प्रियजनका अवशानमा । दिवङ्गत भैसकेपछि पछुताउनु र रुनुभन्दा पहिलै विचार पु¥याउँ । आ–आफ्ना गाउँ र शहरका टोलमा टोल सुरक्षा समिति बनाउँ । बाहिरबाट कोही आउँन र भित्रबाट कसैलाई बाहिर जान नदिउँ । रोकौं । आउन र जान चाहनेका बाटामा अवरोध गरौं, छेकौं । विश्वस्तरमा स्वास्थ्यसेवा बलियो भएको ठानिएको युरोपको विकसित देश इटालीबाट सिकौं । हामी त त्यो देश भन्दा दशौं गुणा पछि छौं । चाहेर पनि केही गर्न सकिने अवस्था छैन । समय र प्रकृतिले साथ दिएर अझैसम्म केही भएको छैन । मृत्यु निम्त्याउने रोगलाई नजिस्क्याउँ, नबोलाउँ । अझैसम्म आएको छैन भनेर सरकारले जारी गरेको निषेधाज्ञाको उल्लंघन नगरौं । सम्भव भएसम्म आफ्ना टोलमा छिर्नै नदिने उपाय अपनाउँ । टोल समिति बनाउँ । टोलभित्र कोही गरीब, विपन्न, अशक्त र असहाय छन् भने मिलेरै उनीहरुका समस्या समाधान गरौं वा सरकारलाई गर्न लगाउँ । कोही भोकै पर्ने र अकालमा मर्ने अवस्था नआओस् । अनि कसैले सत्ता र शक्तिमा पहँुच पुगेकै भरमा सरकारी सम्पत्ति वा सेवाका लागि आएका श्रोत, साधन र सामग्रीको दुरुपयोग गर्छ भने त्यसको पनि निगरानी गरौं ।

    आफ्ना गाउँ र टोलबाट विदेश गएर फर्केका कोही भए तिनीहरुको विवरण संकलन गरेर प्रहरीलाई बुझाउँ । १४ दिनसम्म तोकिएको क्वारेन्टाइनमा बस्न लगाउँ, बस्दिन भन्ने र लुक्नेलाई खोजेर, सम्झाएर, बुझाएर बस्न बाध्य बनाउँ । जनप्रतिनिधिलाई भनौं र उनीहरुसंग पनि समन्वय गरौं । रुघा खोकीको सामान्य मौसमी ज्वरो र कोरोनाको ज्वरो छुट्याउन सिकौं । कोरोनाको जस्तो शंका लागेमा आफ्नै घरमा पनि अलग्गै राखौं र सोही अनुसारको सावधानी अपनाउँ । अस्पतालमा लगेर उपचार गराउन पर्नेजस्तो लागेमा पनि जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई खबर गरेर स्वास्थ्यकर्मीले भने अनुसार गरेरै पु¥याउँ । कपिलवस्तु जिल्लाका १० वटा स्थानीय तहमा १ सय ८७ शैयाका क्वारेन्टाइन र २७ वटा एम्बुलेन्स तयारी हालतमा छन् । तिनीहरुको सदुपयोग गरौं । अकालमा कोही नमरौं । सम्भव भएसम्मको उपाय गरौं । मिलेर काम गर्ने बेला हो यो । यो वा त्यो जात, यो वा त्यो पार्टी, धर्म, सम्प्रदाय, भाषी भनेर पक्षपात गर्ने बानी छाडौं । राजनीति पनि नगरौं । सवै ठीक्ठाक् भैसकेपछि अनि जे गरे पनि हुन्छ । जो जता लागे पनि फरक पर्दैन ।

सेवा र सहयोगको आदान–प्रदान गर्ने बेला हो यो । वल्लो पल्लो घरमा रहेका खाद्यान्न, तरकारी, फलफुल, दाल, तेल, नुन, मसला, आदिको सर–सापट, ऐचो–पैचो चलाउँ । आर्थिक लेन–देन पनि पारदर्शी तरिकाले गरौं । बैंक सुविधा नभएको बेला हो यो । सवारी साधनको सदुपयोग गर्न पर्दा पनि प्रहरीलाई खबर गरेर गरे हुन्छ । आफुखुशी मनपरी नगरौं । आफुले अरुलाई सघाएमा अरुले पनि सघाउँछन् । अरुबाट मात्र सहयोग खोज्ने, आफुले नगर्नेलाई दिन्नन् ।

 

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६