सम्पादकीय

सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुद्धारा लैङ्गिक हिंसा विरुद्ध अन्तरकृया कार्यक्रम



पशुपति गिरी ।
मंसिर २४, कपिलवस्तु । सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुले लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा मुक्त समाज निर्माणको लागि चेतनामुलक (याली आयोजना गरेको छ ।

बाणगंगा नगरपालिका वडा नं. ७ बन्गाइमा गरिएको (यालीमार्फत महिला हिंसा बिरुद्ध लेखिएका चेतनामुलक प्लेकार्ड बोकेर महिलाहरुले आवाज उठाएका छन् । उक्त अन्तकृया कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले सामुदायीक वन महिलाहरुसँग जोडिएको महत्वपूर्ण पाटो भएको र वनका कारण महिलामाथि हुने हिंसा तथा असमानतालाई राष्टिय निकुञ्ज ऐनलाई परिवर्तन गरि महिलामैत्री बनाइनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

उहाँले सामुदायिक वनमा हुने हरेक गतिविधिमा महिला पुरुषको समान सहभागिता हुन जरुरी रहेको बताउनुभयो । साथै सामुदायिक वनमा हुने आयआर्जनका कृयाकलापमा अपाङ्गता भएका , विपन्न र अन्य वर्गका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । हिंसा विरुद्ध बोल्न सक्ने वातावरण सृजना गर्नका लागि हरेक क्षेत्रमा सचेतनाको कार्यक्रम गर्न सुझाव दिनुभयो ।

त्यसैगरी सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष जयलाल गिरीले नेपालमा समुदाय र सामुदायीक वन एक अर्काका परिपुरक जस्तै हुन् तर महिलाहरु नै सबैभन्दा बढी वनसँग जोडिएका कारण उनीहरुमाथि हिंसा पनि बढी हुने गरेको तथ्यांक पाइएकाले सामुदायीक वन उपभोक्ता महासंघ नेपालले हरेक वर्ष यसैगरी महिला हिंसाका विषयमा आवज उठाउँदै आइरहेको बताउनु भयो ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य वालिका बुढाथोकी त्यसैगरी प्रदेश अध्यक्ष हुमनाथ भट्राई,सामुदायिक वनका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६