ब्रेकिंग न्युज

बाणगंगा ३ का एकजनालाई कोरोना अस्पत्ताल बुटवलमा भर्ना गरियो , चैत्र ४मा मुम्वईवाट आएपछि होम क्वारेण्टाइनमा रहेका उनमा कोरोनाका लक्षण भेटिए



कपिलवस्तु १७ चैत्र  । कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका  एकजनालाई कोरोना भाइरसको आसंका गर्दै  बुटवल रिफर गरिएको छ ।  चैत्र ४ गते भारतको मुम्बईबाट घर आएका  एक ब्यक्तिलाई उनकै घरको क्वारेण्टाइमा राखिएकोमा उच्च ज्वरो आएपछि पिपरा अस्पत्ताल पुराइएको थियो । अस्पत्तालले थप उपचारको आवश्यकता देखेपछि नगरपालिकाले एम्वुलेन्स ब्यवस्था गरेर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलकोे  समन्वयमा बुटवल पठाएको उपमेयर चक्रपाणी अर्यालले  जानकारी दिनु भयो । बुटवल धागो कारखानामा निर्माण भएको अस्थाई कोरोना उपचार अस्पत्तालमा उनलाई पुराएर एम्वुलेन्स फर्केको र अस्पत्तालले घर परिवारका कुनै एकजना खोजेकोले उहाको श्रीमतिलाई पनि एम्बुलेन्सवाट पठाउने ब्यवस्था मिलाइएको उपमेयर अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

        ३ दिन अघि स्थानीयले गरको खवरका आधारमा विरामीका घरमा पुगेर होम क्वारेण्टाइनमा कडाईका साथ बस्न लगाएर आएको समेत उपमेयर अर्यालकोे भनाइछ ।  केही दिन देखि उनमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिए पछि सोमबार अपरान्ह  पिपरा अस्पतालमा उपचारका लागि पुराइएको थियो । छिमेकी  समेत रहेका स्थानीय गोपालमणि ज्ञवालीले अस्पत्तालले बुटवलकालागि रिफर गरेपछि नगरपालिकाको प्रबन्धमा बुटवल पठाइएको वताउदै गंगौलिया र राजापानी क्षेत्रमा भारतवाट आएका अन्य ब्यक्तिपनि रहेकाले उनीहरुलाई नगरको क्वारेण्टाइनमा  स्थानान्तरण गर्न उहाले माग गर्नु भयो । कोरोनासंग मेलखाने लक्षण देखिए पछि उनलाई थप उपचारका लागि वुटवल पठाइएको अस्पत्तालकी डा. रंजिता कुमारी गुप्ताले जानकारी दिनु भयो ।विरामीको अवस्था  यहा राख्न नसक्ने देखेपछि पाठएका होै उहाले भन्नु भयो । 

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६