प्रदेश

कोरोना भाइरस भगाउन भन्दै बाणगंगामै अन्धविश्वास, पछि नलागौं



कपिलवस्तु, १९ चैत । भारतमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि गौमुत्र पिउने देखि लिएर पूजापाठ गर्ने सम्मका गतिविधिहरु भए । नेपालकै विभिन्न जिल्लामा देवी देवता रिसाएको भन्दै बली सम्म दिइयो । यस्तै अनेकौ अन्धविश्वासका बीच बाणगंगामा यस्तो अन्धविश्वासले चर्चा पाइरहेको छ । घटना बाणगंगा–११, हथौसाको हो । हथौसाकै दीप उपाध्याय फेसबुकमा फोटो पोष्ट गर्दै लेख्छन् मेरो गाउँमा कोरोना धपाउनका लागि महिलाले जति छोरा छन् उति बाल्टी पानी र १ रुपैया अनि रातो फूल इनारमा हाल्नु पर्ने । यसरी पानी इनारमा पानी खनाएर १ रुपैया अनि रातो फूल इनारमा हालेपछि कोरोना भाइरसले छुँदैन भन्ने अन्धविश्वासका कारण स्थानीयले इनारमा पानी खनाएका छन् । तर यो भ्रम कहाँबाट र कस्ले फैलायो कसैलाई थाहा छैन ।  थाहा नपाउने तर यस्तो पानी खनाउनेहरु प्रशस्तै भेटिन्छन् । 

        कोराना भाइरसको संक्रमण जस्तै योसँग जोडिएका अफवाह र भ्रम पनि डरलाग्दो तरिकाले फैलिरहेका छन् । खासगरी के सही र के गलत भन्ने छुट्ट्याउन नसक्ने अवस्थाका मान्छेहरू विभिन्न अफवाह र भ्रमको सिकार हुने गरेका छन् । सामाजिक संजाल र आफन्तबाट यस्तो हल्ला थाहा पाउनेहरूले यस्ता गतिविधि गर्ने गरेका छन् । केही दिन अनि सुदूरपश्चिमको कैलालीमा  भ्रम फैलियो मान्छेहरु धमाधम आफ्नो आँगन खन्न थालेका छन् । आँगन खन्दा भेटिने कोइलाको कालो टीका लगाए कोरोना भाइरसले छुँदैन भन्ने अन्धविश्वासका कारण मानिसहरूले आँगन खनेका हुन् । त्यहाँ पनि भ्रम पहिले कसले सुरू गरेको हो भन्ने कसैलाई थाहा नभए पनि हल्लै हल्लामा सबैले आँगन खनेर कोइला खोज्न थाले । 

        बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले कोरोनाजस्तो रोगबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सबैसँग आग्रह गर्नुभयो । पानी इनारमा खनाएर वा कोइला लगाएर निको हुने रोग नभएकाले यस्ता अफवाहको पछि नलाग्न सबैलाई अनुरोध गर्नुभयो । हामी एक्काइसौँ शताब्दीका सचेत नागरिक हौ । हाम्रा् हात–हातमा मोबाइल र इन्टरनेट छन । आफूलाई संसार जाने–बुझेको विद्वान् ठान्छौँ । बाहिरी रूपमा हेर्दा स्मार्ट पनि देखिन्छौँ । तर, हाम्रो सोचमा पनि पुरातन रुढिवादी संस्कृतिको प्रभाव रहिरहनु जायज नभएको बाणगंगाका उप मेयर चक्र अर्याल बताउनुहुन्छ । 

        विश्व भर महमारीको रुप लिएको  कोरोना भाइरस (कोभिड–१९) अझ तीव्र रूपमा फैलिएको छ । एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै भाइरस संक्रमित संख्या ८ लाख ५५ हजार ७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा भने यो संख्या ७ लाख ५४ हजार ९४८ उल्लेख छ ।  

कोरोना भगाउन भन्दै फैलिएका अन्य अन्धविश्वासहरुः

कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ । तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन । दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहरु फैलिएका छन् । 

१  लसुन

सङ्क्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा शेअर भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन भन्ने प्रमाण छैन । 

२. मिरकल मिनरल

        हजारौँ फलोअर रहेका युट्युबर जोर्डन सेदरले एमएमएस भनिने मिरकल मिनरलले कोरोनाभाइरसलाई नष्ट गर्ने दाबी गरिरहेका छन् । त्यसमा रङ्ग उडाउन प्रयोग गरिने पदार्थ (ब्लीचिङ एजेन्ट) क्लोरिन डाईअक्साईड हुन्छ । एफडीएले भनेको छ, कुनै रोगको उपचारको निम्ति यो उत्पादन सुरक्षित र प्रभावकारी रहेको कुरा कुनै अनुसन्धानले देखाएको छैन। 

३. घरेलु स्यानिटाईजर

        भाइरसको सङ्क्रमण रोक्ने एउटा मुख्य विधिमा हात स्वच्छ राख्न दलिने ुस्यानिटाईजर जेलु पनि पर्छ। तर धेरै ठाउँबाट स्यानिटाईजरको अभाव भएको समाचार आएको छ। इटलीमा सामाजिक सञ्जालमा घरमै स्यानिटाईजर जेल बनाउने विधिबारे चर्चा गरिएको छ । तर त्यस्ता विधिबाट बनाइने जेल छालामा प्रयोग गर्न उपयुक्त नहुने वैज्ञानिकहरूले औँल्याएका छन्। अल्कोहल प्रयोग गरेर बनाइएका हातमा लगाउने जेलमा प्रायस् छालालाई नरम बनाउने तत्त्व पनि हुन्छन्। अल्कोहलको मात्रा ६०–७० प्रतिशत हुन्छ।

४. पिउने चाँदी

        अमेरिकी टेलिभिजनमा इसाईधर्मको प्रचार गर्ने जिम बेकरको कार्यक्रममा ूकलोइडल सिल्भरूको प्रचार गरिएको थियो । कलोइडल सिल्भरमा चाँदीका सूक्ष्म कण तरल पदार्थमा मिसाइएको हुन्छ। उक्त कार्यक्रममा एक अतिथिले कलोइडल सिल्भरले १२ घण्टामा केही प्रकारका कोरोनाभाइरसलाई मारिदिने दाबी गरेका थिए । तर उनले कोभिड १९ गराउने कोरोनाभाइरसमा परीक्षण नगरिएको स्वीकारेका थिए । तर अमेरिकी स्वास्थ्य अधिकारीहरूले कुनै पनि स्वास्थ्योपचारका लागि त्यसको प्रभावकारिता प्रमाणित नभएको स्पष्ट परेका छन् । अझ महत्त्वपूर्ण कुरा के हो भने चाँदीमिश्रित पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्छ। त्यस्ता प्रभावमा मिर्गौला बिग्रिने, छारेरोग लाग्ने र छाला नीलो हुने एक प्रकारको रोग छन्। उनीहरूका अनुसार फलाम वा जिङ्कजस्तो धातु नभएकाले चाँदीको मानिसको शरीरमा कुनै उपयोगिता छैन।

५. प्रत्येक १५ मिनेटमा पानी खाने

        धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक जापानी चिकित्सकूलाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ। उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ। त्यो सन्देश अरबी भाषामा हजारौँ पटक शेअर भएको छ। तर प्राध्यापक ब्लूमफील्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन् । हावाबाट सर्ने भाइरसहरू सासनली हुँदै शरीरमा छिर्छन्। तीमध्ये केही मुखमा जान सक्छन्। तर बारम्बार पानी खाए पनि तपाईँ सङ्क्रमणबाट जोगिन सक्नुहुन्न। तैपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो ।

६.तातो पानीको प्रयोग गर्ने, आईसक्रीम नखाने

        भाइरसलाई तातोले मार्ने दाबीसहित तातो पानी सेवन गर्ने, तातो पानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव पनि दिइएको छ। विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेअर गरेका सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ। तिनमा तातो पानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्छन् भन्ने दाबी गरिएको छ तथा आईसक्रीम नखान सुझाव दिइएको छ । शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सीअस तापक्रम चाहिन्छ जुन साउना वा तातो पानीले नुहाउँदाभन्दा अत्यधिक हो। तन्ना वा रुमाल ६० डिग्रीमा धुनु राम्रो हो। किनभने त्यसो गर्दा कपडामा भएका भाइरस मर्छन्। तर छाला सफा गर्ने यो उपाय व्यावहारिक छैन। अनि तातो पानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन। बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहन्छ ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६