ब्रेकिंग न्युज

बिपदमा फाष्ट ट्रयाक :राहत सामाग्री खरिदको ७२ घण्टे दरभाउ पत्रमाग



कपिलवस्तु २१ चैत्र  कपिलवस्तुको वाणगंगा नगरपालीकाले राहत कोषमा संकलन हुने रकमवाट राहत सामाग्री खरिद गर्न सिलविन्द दरभाउ विवरण माग गरेको छ । नगरका उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा सामाग्री खरिद गर्न स्वतन्त्र नागरिक संस्थाहरु सम्मीलीत टोली गठन गरेको र उक्त समितिलाई विहिवार वसेको कार्यपालीकाको वैठकले अनुमोदन गरेपछि शुक्रवार नगरले सूचना प्रकाशित गरि सिलवन्दि दरभाउ माग गरेको हो ।
        नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार राहत दिने निर्णय गरेपछि शुक्रवार सूचना प्रकाशित गरि व्यवसायी संग न्युनतम मुल्य सहित दरभाउ माग गरेको प्रमुख प्रशासकिय अधिकृत चुडामणी पन्थीले वताउनु भयो ।

वाणगंगा नगरले ४५ हजार किलो सोना मनसुली/परमल चामल, ४ हजार ५ सय किलो मसुरो दाल, २ हजार २ सय ५० लिटर सनफलावर तेल, २ हजार किलो आयोडिन नुन, ४ हजार गोटा नुहाउने सावुन र ४ हजार गोटा कपडा धुने सावुन राहत समाग्री वितरणका लागि खरिद गर्न लागेको छ । नगरका शाखा अधिकृत खिमवहादुर जिसिद्धारा हस्ताक्षरीत सुचना अनुसार दरभाउ चैत्र २३ गते साझ ४ वजे सम्म नगरको कार्यालयमा पेश गर्न भनिएको छ ।

        दररेट उपलव्ध गराउनको लागि नगरले फरमेट नै तयार गरि आफ्नो वेभसाईटमा राखेको छ । साथै स्थानीय संचार माध्यममा सूचना प्रकाशन तथा प्रशारणका लागि उपलव्ध गराएको छ । दरभाउ पेश गर्ने निकायले आफ्नो व्यवसायको कानुनी प्रकृया पुरा गर्ने कागजात सहित पेश गर्न समेत भनेको शाखा अधिकृत खिमवहादुर जिसिले जानकारी दिनु भयो ।

सिलवन्दी दरभाउ पेश भएपछि स्वतन्त्र नागकिर सस्थाहरु सहितको टोलीले राहतका लागि व्यवसायी छनौट गरि चैत्र २३ पछि मात्र समाग्री उपलव्ध गराउने भएको छ । नगरले दैनिक काम गरेर खाने श्रमजीवी मजदुरहरु समस्या समाधानका लागि नेपाल सरकारले मापदन्ड पुरा गरि पारदर्शी ढगवाट आफ्ना नागरिकलाई राहत उपलव्ध गराउने नगरका उप प्रमुख चक्रपाणी अर्यालले वताउनु भयो ।

    नगर भित्रका १ हजार ९ सय विपन्नहरुको प्रारम्भिक सूची तयार पारेको नगरले जनाएको छ । यसका लागि वडा कार्यालयलाई अन्तिम सूची तयार गरि जानकारी गराउन भनेको छ । नगरमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि एकद्धार प्राणालीवाट मात्र वितरण गर्ने निर्णय गरे अनुसार कोषमा रकम सहित समाग्री उपलव्ध हुने क्रम जारी रहेको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६