ब्रेकिंग न्युज

रातीमा चोरी गरि उत्खनन गरिएको ४ सय टेक्टरबढी मिस्कट वाणगंगाले जफत गर्ने,तस्करमाथि कडा कारवाहीकालागि प्रजिअलाई अनुरोध



कपिलवस्तु २६ चैत्र । लक डाउनको मौका छोपेर रातभर दर्जनौ सवारी साधन र भ्याकु मेसिन प्रयोग गरेर बाणगंगा नदी उत्खनन् गरी डम्पीङ गरेको ४ सय टाली वढी मिस्कट बाणगंगा नगर पालिकाले वरामद गरेको छ । आज नगरका उपप्रमुख चक्रपाणी अर्याल ,प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी ,प्रहरी निरिक्षक आयुष प्रसाद जोशी  पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे सहितको टोलीले स्थलगत अध्ययन गरि नगरले जफत गर्ने भएको हो । 

     वाणगंगा ८ वालापुरको नदी किनारमै रातभर थुपारिएको माल जफत गरेको घोषणा गर्दै प्रमुख प्रशासकिय अधिकृत चुरामणी  पन्थीले  प्रहरीका जिम्मा लगाउनु भयो । यता  प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले सो माल स्थानीय ३ वटा क्रेसरकै आसपासमा भएकाले हराएमा क्रेसरहरु नै जवाफदेहि हुने भन्दै लकडाउन अवधी भरका लागि सुरक्षाको जिम्मा क्रेसर समेतलाई दिएर ब्यवस्था मिलाउने   प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले वताउनु भयो यता बाणगंगाका उपप्रमुख चक्रपाणी अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्ने शैली जघन्य अपराधीको शैली भएको भन्दै अव चोरहरुलाई कडा कारवाहीवाटै ठेगान लगाउन  जिल्ला प्रशासन समक्ष जानकारी गराएको वताउनु भयो । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको उहाले प्रष्टाउनु भयो । 

        यता प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले राष्ट्रको सम्पत्ति लुटपाट गर्ने चोरहरुलाई जो कोही भएपनि कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भयो । सो क्षेत्रमा करिव ४ सय टेक्टर मिस्कट रातभरमा थुपारिएको थियो । विगत केही दिन यता वाणगंगा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको वाणगंगा–५ मधौलीयाका स्थानीयबासीले बताएसंगै यो तथ्य वाहिर आएको हो ।नदी नजिकै रहेका लुम्बिनी  वाणगंगा र शिद्धार्थ  क्रेसरको सामुन्नेबाट तस्करहरुले नदीजन्य पदार्थ उत्खनन गरी डम्पिङ गरेर राखेको पाइएको छ । तस्करहरुले राति १० बजेदेखि विहान ५ बजेसम्म नदीको दोहन गर्ने गरेको स्थानीयले वताएका छन् ।यता वाणगंगा ५ मधौलियाका वासिन्दा समेत रहनु भएका  नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले यस्तो बेलामा नदी दोहन गर्नेमाथि कडा कारवाही गर्न माग गर्नु भएको छ । 

 

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६