ब्रेकिंग न्युज

प्राकृतिक श्रोतमाथीको दोहन प्रति नेकपा कपिलवस्तुको गंभिर ध्यानाकर्षण, सुरक्षा निकायलाई कडा कदम चाल्न र कार्यकर्तालाई दोहन विरुद्ध खवरदारी गर्न आग्रह



कपिलवस्तु २९ चैत्र । मुलुक लकडाउनमा रहेको बेला कपिलवस्तु जिल्लामा भने प्राकृतिक श्रोत साधनको दोहन  भएको प्रति नेकपा कपिलवस्तुले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा कपिलवस्तुको जिल्ला कार्यालयको शनिवार बाणगंगा न.पा. ६ मा सम्पन्न वैठकले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । वैठकले जिल्लाको मूख्य नदी नाला, बन क्षेत्रको दोहन कार्य तिव्र भएको र त्यस्ता कार्य  तत्काल रोक्न प्रशासनिक निकायलाई आग्रह गदै दोहन कार्य नियन्त्रणमा पार्र्टी कार्यकर्तालाई सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । 

        सम्पन्न वैठकले आफ्ना कार्यकर्तालाई प्राकृतिक श्रोत साधन दोहनको क्रियाकपालमा जानेर वा नजानेर संलग्न नहुन निर्देशित गरेको छ । वैठकले प्राकृतिक श्रोत साधनको संरक्षणमा स्थानिय पार्टी कमिटी, सामुदायिक बनका अगुवा, संचारकर्मी, युवा, विद्यार्थी, लाई भूमिका खेल्न आग्रह गरेको छ । सरकारले आब्हान गरेको लकडाउनलाई पूर्ण रुपमा सहयोग पु¥याउदै लकडाउनमा लक्षित समुदायले राहत पाउन छुटेमा सहयोग पु¥याउने निर्णय गरेको छ । सोही वैठकले नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना ब्यक्त गरेको नेकपाका नेता डम्मर शर्माले वताउनु भयो ।  

            वैठकलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले जिल्लाको उत्तरी क्षेत्रमा राहत वितरण, कोरोना विरुद्धको तयारी तथा सचेतनामा राम्रो रहेपनि क्षेत्र नं. १ कै शुद्धोधन र मायादेवी गाउँपालिकामा थप तयारी आवश्यक रहेको चर्चा गर्दै त्यस तर्फ पार्टी कमिटी र सरोकारवालाको ध्यानाकृष्ट  हुनु पर्नेमा जोड दिनुभयो । 

        नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह विष्णुको संचालनमा सम्पन्न वैठकमा नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, सहइन्चार्ज बिमला घिमिरे, नेकपा प्रदेश ५ का कार्यालय सचिव बलराम अधिकारी, प्रदेश सदस्यद्धय कृष्ण पौडेल, जनी बन्जाडेको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।    

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६