सूचना र प्रविधि

नयाँ वर्षमा नयाँ सेवा : बुटवलमा भेन्टिलेटर र आईसीयू सूचारु



बुटवल, १ बैशाख नयाँ वर्षमा नयाँ सेवाको शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरेको कोरोना विशेष आइसोलेन अस्पतालमा भेन्टिलेटलर र आइसियू जडान गरेर संचालनमा आएको छ । उक्त अस्पतालमा चारवटा भेन्टिलेटर र आठवटा आइसियू बेड निर्माण भएका छन् । उक्त अस्पतालको आईतवार मुख्यमन्त्री शंकर पोखरेलले निरिक्षण गर्नुभएको छ । त्यस अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अधयक्ष एजाज आलमले अस्पतालका बारेमा जानकारी गराउनुभएको थियो । 

        मुख्यमन्त्रीसंगै मन्त्री लिला गिरी, सांसद दधिराम न्यौपाने, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, दीपा बिश्वकर्मालगायतले निरिक्षण गर्नुभएको छ । यहाँका विभिन्न सामाजिक संघ संस्थाले अस्पताल निर्माण कार्यमा सहयोग र सहकार्य गरेको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बुटवलको धागो कारखाना परिसरमा बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा ५० वेडको कोरोना विशेष आइसोलेन अस्पताल निर्माण भएको हो । उक्त अस्पतालमा हालसम्म ३१ जनाको उपचार भएको छ । जसमध्ये ३० जना निको भएर डिस्चार्ज गरिएको डाक्टर राजेन्द्र खनालले जानकारी गराउनुभयो । अस्पतालमा उपचार गराउन आएका एकजनाको भने उपचारका क्रममा निधन भएको छ ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६