बिजनेस

प्रदेश ५को एक फरक सरकार : नयाँ कामको जननी भूमी किन अरु बन्न सक्दैनन्?



तिलोत्तमा १ बैशाख ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रदेश ५ मा फरक सरकारको पहिचान वनाएको छ । चाहे सबैभन्दा पहिले प्लाष्टीक मुक्त पालिका घोषणा गरेर होस , चाहे स्वच्छ र सुन्दर तिलोत्तमा वनाएर होस ,बुद्धका मूर्ति निश्चित दुरीमा राखेर होस, सबैभन्दा पहिले धेरै स्थानीय कानुन वनाएर प्रधानमन्त्रीक केपिओलीलाई  बुझाएर होस तिलोत्तमाको फरक पहिचान स्थापित भएको छ । पहिलेका कुरा छोडौं सबै भन्दा पछिल्ला कुरा गर्दा  गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । यो काम प्रदेश भित्रकै संभवत पहिलो काम हो ।  

        आइतबार बसेको नगरस्तरीय कृषि सञ्जालको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैंयाँ तोकेको नगर प्रमुख एवं सञ्जाल संयोजक बासुदेव घिमिरेले जानकारी दिनुभयो । बैठकमा कृषि विज्ञ एवं अगुवा किसानहरु आमन्त्रितको रुपमा सहभागी थिए ।किसानबाट लागत अनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको हो । यति मात्र होइन तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिनेछ । नगर प्रमुख घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गर्नुभयो ।तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १३६ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । जनप्रतिनिधि आएदेखिनैं यहाँका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन् । अनुदानमा उन्नत बिऊको उपलब्धता सँगै किसानहरुले बाँझो राख्ने खेतमा समेत पछिल्लो वर्ष गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ ।

            यो वर्ष नगरपालिकाको २ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ ।यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती स्यारिसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्राउने क्रममा छन् । तिलोत्तमा नगरपालिका आफैंले समेत निर्माणको क्रममा रहेको प्रमुख प्रशासनिक कार्यालय परिसरको झण्डै तीन बिगाहामा गहुँ खेती गरेको छ । नगरपालिकाले वडा नं. १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नं. ११, १२, १३, १४,१६ मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ । यसैगरी यसैबीच कृषि सञ्जालको बैठकले लकडाउनको समयमा किसानले भोग्नुपरेका समस्याको समाधानका लागि विभिन्न निर्णय समेत गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो । 

            उहाँका अनुसार किसानको समस्यालाई मध्यनजर राखी लकडाउनको समयमा बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेसम्म माछामासुका पसल खोल्ने निर्णय कृषि सञ्जालको बैठकले गरेको छ । यो समय निर्धारण पनि अरुले गरेको जानकारीमा आएको छैन । यसअघि नैं सोही समयमा दुधको खरिद—बिक्रीका लागि नगरपालिकाले समय तोकेको थियो । अत्यावश्यक सामान एवं तरकारीको खरिद—बिक्रीको लागि दिउँसो १२ देखि २ बजेको समय तोकिएको छ ।यस्तै नगरमा किसानले उत्पादन गरेको हरियो तरकारी तथा दुधको बजारीकरणका लागि तीन वटा सवारीसाधन भाडामा लिने निर्णय पनि समितिको बैठकले गरेको छ । 

        बैठकमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिको विकासका लागि स्थानीय तहसँग माग्नुभएको सुझावको सन्दर्भमा समेत छलफल भएको उहाँले बताउनुभयो । यस्तै कृषि कार्यमा प्रयोग हुने टे«क्टर, थ्रेसर, हाब्रेस्टरलगायतका उपकरणको भाडा पुरावलोकन गर्नेलगायतका निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६