ब्रेकिंग न्युज

माइत भनेर हिँडेकी महिला मृत फेला



सल्यान, ५ बैशाख । घरबाट माइत जान्छु भनी हिँडेकी छत्रेश्वरी गाउँपालिका–७ पानीखोलाकी २० वर्षीया सुशीला बुढाथोकी मृत फेला परेकी छन् । गत मंगलबार दिउँसो घरबाट माइत जान्छु भनेर हिँडेकी सुशीला बिहीबार रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

        बुढाथोकी माइत नपुगेपछि स्थानीय र आफन्तले खोजी गर्दा माइती गाउँ नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६