लुम्बिनी

डेढ दशकको खाडी मुलुकको अनुभवले गाउँमै मल्टीपल विजिनेशका मालिक बन्न सफल



कपिलवस्तु, ७ बैशाख । २०६१ सालमा खाडी मुलुक मलेसिया पुगेका युवक १५ वर्ष पछी गाउँमै मल्टीपल विजिनेशका मालिक बन्न सफल हुनु भएको छ । २८ वर्षको रहर लाग्दो उमेरमा काम खोज्दै खाडी मुलुक मलेसिया पुग्नु भएका बाणगंगा ६ अमौलीका देवी पोख्रेल २०७५ सालमा आइ पुग्दा आफ्नै गाउँ घरमा  स्वरोजगार बन्ने उहाँमा रहर जाग्न पुग्यो । 

        उहाँले अहिले आफ्नै जग्गामा फर्निचर उद्योग, संगै मिश्रित खेतीको शुरुवात गर्नु भएको छ ।  उहाँले पाँच कष्ठा जग्गामा जिनाइन जातको निसु कल्चर प्रविधीको प्रयोग गरी केरा खेती संगै बाख्रा, खरायो, लोकल कुखुरा, हाँस पालन गर्नु भएको छ । पोख्रेलले केरा खेती भित्रै ३ सय वटा लोकल कुखुरा, २ सय हाँस, ५० वटा जान क्यालिफोरनिया जातका खरायो र १० वटा खरिजातको बाख्रा पालन गर्नु भएको छ । 

        कामको शिलसिलामा १५ वर्ष खाडी मुलुक ब्यतित गर्नुभएका पोख्रेलले अहिले यी सबै खेतीका लागि बिना मजदुर आफैले श्रम  गर्ने गर्नु हुन्छ । उहाँले पहिलो पटक १ वर्षमा केरा तयार हुने र दोस्रो पटक देखी ८ महिनामै केरा तयार हुने बताउनुहुन्छ । पोख्रेलले यसरी मिश्रित खेती कार्य गर्दा एउटै लगानीबाट बढी आम्दानी गर्न सकिने तर्क गर्नुहुन्छ । उहाँले केरा खेती भित्र उम्रने घाँसलाई कुखुरा, हाँस, खरायो, बाख्रोको लागि आहारको रुपमा तयार हुदा दाना कम लाग्ने तर्क गर्नुहुन्छ । यसले कम लगानीबाट बढी आम्दानी हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । 

        विगतमा गाउँ घरमा रोजगारीका अवसर निकै कम भएको भएपनि अहिले आउँदा गाउँ घरमै परसस्त रोजगारीका संभावना देखा परेकोले आफुले गाउँमै केही गर्न उपयुक्त हुने निश्कर्ष निकालेको बताउनु भयो । उहाँले आफैले मेहनत गरे कामहरु सफल हुन सहज हुने बताउदै खाडी मुलुुकको मेहनत आफ्नै ठाउँमा गर्दा सफलता हाता पर्नेमा आफु विश्वास रहेको बताउनु भयो । 

        पोख्रेलले आफु स्वदेशमै रहदा पनि सक्रिय सामाजिक जीवन यापन गरेको चर्चा गर्दै अब फेरी स्वरोजगार संगै  समुदायको विकासमा आफ्नो भूमिका सक्रिय बनाउने बताउनु भयो । पोख्रेल माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । पोख्रेलले ३० लाखको लागतमा संचालन गरेको फर्निचर तथा तार जाली उद्योगमा ६ जनालाई रोजगारी समेत दिनु भएको छ । उहाँ आफु जस्ता वैदेशिक रोजगारीबाट फर्केकाबाट नयाँ पुस्ता र विदेशमा रहेका युवा पुस्तालाई सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बताउनुहुन्छ । पोख्रेल यो लकडाउनको समयमा आफ्नो दैनिकीलाई खासै प्रभाव नपारेको बताउदै दैनिक विहान ५ः०० बजे देखी आफ्नै करेसावारीमा दिनहु तल्लिन रहेको बताउनुहुन्छ । 

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६