सूचना र प्रविधि

बिपन्नलाई जथाभावि राहत वितरणमा रोक,आगलागी पीडितलाई राहत सिफारिस ,कैदी बन्दीलाई सबै पालिकाले रकम उपलब्ध गराउने निर्णय



कपिलबस्तु ७  बैशाख । अन्य विपदमा जस्तो कोरोना विपत्तिमा जो कोहीले मनलाग्दी राहत वितरण हुन थालेपछि जिल्ला बिपद ब्यवस्थापन समितिले यस्तो राहत वितरणमा रोक लगाएकोछ । जिल्लामा एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने कार्यलाई कार्यान्वयनमा आलटालगरि सस्तो लोकप्रियताका लागि लकडाउनको उलंघन गर्दै राजनैतिक दलका भातृ संगठन र सामाजिक सस्थाहरुले  रोक लगाइएको हो । जथाभावि राहत वितरणमा रोक लगाउदै एकद्धार प्राणाली मार्फत बितरण गर्नु पर्ने निर्णय भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष दीर्घ नारायण पौडेलले बताउनु भएको छ ।  

         कपिलवस्तु जिल्ला स्थित विपद् व्यवस्थापन समितिको तौलिहवामा आइतबार बसेको वैठकले लकडाउनलाई अझ व्यवस्थित बनाउदै लैजानका लागी ७ बुँदे निर्णय गरेको छ । वैठकले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन कपिलबस्तुका १० वटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन वेडलाई  ब्यबस्थित तरिकाबाट यथावत रुपमा राख्ने निर्णय गरिएको छ । जिल्लामा बिभिन्न स्थानमा रहेका एक हजार १२ क्वारेन्टाइन वेडलाई अर्को निर्णय नहुँदा सम्म यथावत राख्ने भएको छ ।  साथै कपिलवस्तुको विजयनगरका आगलागी प्रभावितहरुको लागि न्युनतम ५० हजार देखि ५ लाख सम्म उपलव्ध गराउन वैठकले आगलागिवाट क्षती भएका ३० घर परिवारलाई राहत उपलव्ध गराउनका लागि प्रदेश नं ५ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । जिल्लाका राजनैतिक दल, सुरक्षा निकायका प्रमुखहरु  स्थानीय तहका प्रमुख, तथा प्रमुख प्रशाकृय तथा सरकारी कार्यालयका प्रमुख एवं  गैससका प्रतिनिधि उद्योग वाणिज संघ संचारकर्मि सम्मीलीत सुरक्षा समितिको वैठकले लकडाउनको समयमा भईरहेको नदिजन्य पदार्थको चोरी तस्करी, वन फडानी, तथा अतिक्रमण वन्यजन्तुको चोरी तस्कारीलाई नियन्त्रणका लागि सुरक्षा निकायलाई परिचालीत भई नियन्त्रणका लागि उच्च सतरर्कता अपनाउने निर्णय गरेको छ । 

            साथै खेतवारीमा आगो लगाउने कार्य पुर्ण रुपमा वन्द गराउने, स्थानीय तहले एम्वुलेन्स तथा दमकलहरुलाई तयारी अवस्थामा राख्ने तथा विपन्न नागरिकलाई उपलव्ध गराउने र राहत वितरण प्रकृयालाई सरकारको मापदण्ड अनुसार सवै पालीकाले एकद्धारा प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेको छ । समितिको वैठकले जिल्ला कारागारमा रहेका कैदि वन्दीहरुको लागि आवश्यक पर्ने सुरक्षासमाग्री खरिदका लागि जिल्लाका १० वटै स्थानीय तह मार्फत २० हजार रुपैया उपलव्ध गराउने र कारागार प्रशासनले स्वास्थ्य कर्मिको सल्लाह अनुसार सामाग्री खरिद गरि कैदी वन्दीलाई उपलव्ध गराउने व्यवस्था मिलाउन निर्णय गरेको छ । वैठकमा राजनैतिक दलको तर्फवाट वोल्दै नेकपा कपिलबस्तुकाका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले नदिजन्य पदार्थको चोरी, तस्कारी तथा वन अतिक्रमण  वढेको हुदा प्रशासनले उचीत कमद चाल्नु पर्ने बताएका थिए  । यस्तै सुरक्षाकर्मिले जिल्लाको सुरक्षा अवथा, स्थानीय तहका प्रमुखहरुले गरेका कामहरुको वारेमा र सरकारी कार्यालयका प्रमुखहरुले अहिले सम्म गरिएका कार्यहरुको वारेमा समिक्षा गरिएको  थियो ।  

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६