ब्रेकिंग न्युज

लकडाउनका बिपक्षमा सांसद पन्थी : कोरोना सकिदा हाम्रो सबै अर्थ ब्यबस्था सकियो भने त्यसको के अर्थ रहला र ?



कपिलवस्तु ८ बैशाख । कोरोका त्रासका कारण मुलुक लकडाउनमा छ । १५ बैशाख पछि के हुन्छ भन्न सकिन्न । तर त्यो मिति सम्म लकडाउनलाई कडाईका साथ पालना गरिदै र गराईदैछ । यतिबेला लक डाउनको विपक्षमा कोहि पनि खुलेर बोल्न चाहान्न । तर प्रदेश ५ का एक सांसद भने लकडाउनका विपक्षमा खरो रुपमा उत्रिएका छन् । उनीहुन कपिलवस्तुवाट निर्वाचित सांसद विष्णु पन्थी । उनले केहि दिन यता सामाजिक माध्यमवाट आफ्ना विचार प्रवाह गर्दै १५ बैशाख पछिको लकडाउन नेपालको अर्थतन्त्रले थेग्नै नसक्ने भएकाले आंशिक लकडाउन खोल्नै पर्ने तर्क गरेका छन् ।

    उनले आफ्नो तर्कमा मजबुतीका लागि फिलिस्तिनी नेता यासेर अराफातको बिचारलाई अघि सारेका छन् अराफात एक बिहान ब्याडमिन्टन खेल्दै थिए  । त्यही समय पत्रकार आएर उनलाई सोधे । “यतिबेला तिम्रा नागरिक , स्कुले बच्चा गोली र बमले मर्दैछ्न तर तिमी भने यहाँ खेल्दै छौ ?“ उत्तरमा यासेर अराफातले भने “गोली बम मृत्यु त हाम्रो दैनिकी र नियमित जीवन भित्रै आइसकेका छ्न  । त्यसैले यसै भित्र हाम्रा बच्चा जन्मन्छन, हुर्कन्छ्न ,जन्म दिन मनाउनु पर्छ , पढाई हुन्छ ,बिबाह हुन्छ , घुुमघाम गर्नु पर्छ  ,सुहगरात मनाउछ्नु पर्छ ,खुशी मनाउनुपर्छ हास्नुपर्छ किनभने अरु समय त हामी संग छदैछैन “ ।

    उनले लेखेको यस्तो स्टाटसपछि प्रेसपाटीका तर्फवाट गरिएको टेलिफोन सम्वादमा सांसद पन्थीले भने कोरोना संग डराएर लकडाउन मात्रै उपाय हो भन्ने हो भने देशले थेग्नै सक्दैन । कोरोना एक रोग हो । यसको उपचार हुने राम्रा १२/ १५ वटा अस्पत्ताल खोलौ। सुविधा युक्त क्याविन सहितका एम्वुलेन्स राखौं । जो संक्रमण हुन्छ अस्पत्ताल जान्छ । उपचार हुन्छ फर्कन्छ आउछ आफ्नो काममा लाग्छ । रोग संग डराएर लकडाउन गरेर महिनौ सम्म वसेर कहि संभव छ ? पन्थीले प्रश्न गरे । उनले अगाडी भने अहिलेको कोरोना पनि यस्तै हो कहिले सम्म चल्ने हो कुनै ठेगान वा थाहा छैन ।

        सुरु भएको चीनको उहानमा लामो र कडा लकडाउन भयो अनि लकडाउन खुल्यो पनि तर कोरोना देखिदैछ । त्यसैले अब हामी कोरोनावाट जोगिन  बिदेशी आउन नदिने, सिमामा कडाइ गर्ने  ,सामाजिक दुरि कायम गर्दै काम गर्ने  ,सरसफाइ बढी ध्यान दिदै , भिडभाड वाला कार्यक्रम बन्द गर्ने, प्राय पालिकामा एउटा क्वारेन्टाइन ब्यबस्था गर्ने ,केही सिमित ठाउमा आइसोलेसनको ब्यबस्था गर्ने र चिकित्सक लाई प्रयाप्त सुरक्षा सामाग्री सहित अलग सुबिधाजन्य कोरोना अस्पताल ब्यबस्था गर्ने लक डाउन खोल्ने काममा ढिलाई गर्नु हुदैन 

    तर्सेर ,लुकेर ,भागेर मात्रै कोरोनाले छोड्ने वाला छैन । प्लेन खसेको मान्छे मरेको समाचार सुनेका देखेका छौ र संझदै प्लेन चढेर बादल भित्र छिरेकै छौ ,त्रीसुलीमा बस खसेको र यात्रु सहित गायब भएको ठाउँ (चिहान ) देखाउदै त्यही बसमै ओहोर दोहोर पनि गरेकै छौ भन्दै उनले अगाडी भने कोरोनालाई पनि  यसरी नै  लिनु पर्छ ।

        यस्तै हामी केहिलाई यो कोरोनाले लैजाला के ठुलो कुरो भयो ? अरु रोगले पनि त लगेकै छ , बिदेशबाट प्रतिदिन करिब ३/४ जना हाम्रा होनहार युबाहरुको शव प्लेनबाट आएकोछ फेरि यताबाट दैनिक करिब १६०० युवालाइ त्यहीँ प्लेन चढाएर पठाइएका पनि छौ । त्यसैले अब  कोरोनासंग डराएर लक डाउन गर्नुु बेकार छ । यस्तो निरंतरता केबल अनावश्यक खर्चको बोझ मात्रै हो । फेरि कोरोनाको लागि सबै समर्पण गर्न कसरी सकिन्छ र ? कोरोना सकिदा हाम्रो सबै अर्थ ब्यबस्था सकियो भने त्यसको के अर्थ रहला र ? त्यसैले कोरोना सकेर होइन कोरोना संगसंगै अब छिटो देशको दैनिक पनि बहाली गराउनुपर्छ ।

        सांसद पन्थीले राखेको पोष्टमा धेरैले प्रतिकृया दिएका छन् कसैले निडर भनेका छन् कसैले ब्यग्य गरेकाछन् । तर केहिले भने ट्रम्पको जस्तै धारणा भएको वताएकाछन् । अधिकांस प्रतिकृयामा लकडाउन आंशिक रुपमा खुकुलो पार्दै जानु पर्ने वताएका छन् । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६