प्रदेश

कोरोना जितेका युवालाई प्रधानमन्त्रीको बधाई



काठमडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर  उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गर्नुभएको हो । 

        उहाँले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिनुभएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्कनुभएको थियो । यसअघि काठमाडौँमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्कनुभएको छ । हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन् ।(रासस)

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६