अर्थ-वाणिज्य

दुई दशक खाडी मुलुकमा पसिना बगाएपछि मातृभूमिमै स्वरोजगार पौडेल



कपिलवस्तु, ८ वैशाख ।  रोजी रोटी खोज्दै छिमेकी मुलुक भारतमा २०५४ सालमा पुगेका २२ वर्षे युवक खाडी मुलुक कुवेत, कत्तार हुदै २३ वर्षको अनुभव पछी मातृभूमिमै स्वरोजगार बन्न पाउँदा उत्साहित बन्नु भएको छ । कपिलवस्तुको बाणगंगा ६, भगलापुर, झरनी निवासी झविन्द्र पौडेल तीन वटा मुलुकको अनुभव संगाली अन्तत आफ्नै मातृभूमि भगलापुरमै गाई फर्म संचालन गरी स्वरोजगार बन्न पुग्नु भएको हो । २०७५ सालमा गाई फर्म शुरु गर्नुभएका पौडेल अहिले परिवारसंगै काम गर्न पाउँदा निकै शुसी भएको अनुभव सुनाउनुहुन्छ । खाडी मुलुकमा मालिकको  काम गर्दा निकै जीवनको वयस्क ब्यतित भएको सुनाउदै आफै मालिक भएर काम गर्न पाउँदा आफुलाई फरक अनुभुती भएको विचार पोख्नु भयो । 

        डालु पशु तथा कृषि फर्मका नामबाट बाणगंगा ६, भगलापुर, झरनी, कपिलवस्तुमा संचालन गरिएको फर्ममा अहिले १३ वटा होलीस्टेन जातका माउँ गाई, १० वटा बाच्छी र एक वटा बाच्छो गरी जम्मा २४ वटा फर्ममा रहेको बताउनु हुन्छ । पौडेलले अहिले दैनिक एक सय पाँच लिटर दुध स्थानिय डेरीमा विक्रि गर्नुहुन्छ । सामान्यतया एउटा गाईले दैनिक १२ देखी १५ लिटर सम्म दुध दिने गरेको बताउनु हुन्छ । एउटा गाईलाई सरदर ६ के.जि. सन्तुलित दाना, २ के.जी. चोकर र घाँस तथा भुस गरी न्यूनतम ५० देखी ७० के.जि.सम्म दैनिक खुवाउनु पर्ने बताउनुहुन्छ । अहिले  ४० देखी ४२ रुपैया प्रति केजीको दाना खरिद गर्नु पर्ने र दुधको सरदर मूल्य ५० देखी ५२ रुपैया पाउने  बताउनुहुन्छ । एउटा गाईको मूल्य ८० हजार देखी १ लाख १० हजार सम्म पर्ने र माउँ गाईले करिव १० महिना सम्म दुध दिने र एउटा बाच्छी दुध दिने माउँ गाई हुन करिब २ वर्ष अवधी लाग्ने बताउनुहुन्छ । 

        ४५ लाखको लागतमा शुरु गरिएको गाई फर्मबाट पौडेलले मासिक  ब्याज समेत कटाउदा शुद्ध मुनाफा ५५ हजार मात्र हुने बताउनुहुन्छ । पौडेलले कृषि विकास बैंकबाट सहुलियत कर्जा र माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. भगलापुरबाट कृषि कर्जा लिई कृषि फर्म संचालन गरेको बताउनुहुन्छ । गाई फर्मका लागि पौडेलले आफ्नो एघार कट्ठा जग्गा र छिमेकीको एक विगा जग्गा लिजमा लिई डेढ विगा जग्गामा जै, सुजन, टियो, सेन्टी,मखनग्रास,वर्सिम जातका घाँसहरु रोपेको बताउनु भयो ।  

        रोजी रोटीको लागि लामो अनुभव संगाल्नु भएका झविन्द्र पौडेलले बजारको नियमित ब्यवस्थापन, दानाको मूल्य निर्धारण , गाईको एआई र माउँ गाई खरिद कार्य जस्ता विषय आफुहरुको मूख्य समस्या रहेको बताउनुहुन्छ । कतिपय समस्या हुदा हुदै पनि गाई पालन दुधको नगद कारोबार, स्वरोजगारी श्रृजना हुने र परिवारसंगै रमाउन पाउदा आफुहरु पूर्ण सन्तुष्ट रहेको बताउनु हुन्छ । पौडेलले अहिले आफु, परिवार संगै २ जनालाई रोजगारी समेत श्रृजना गर्नु भएको छ ।

        लकडाउन लम्बिदै जादा आत्म निर्भर अर्थतन्त्रको विषय उठि रहेका बेला यस्ता स्वरोजगार श्रृजना गर्ने कार्य आफु, परिवार मात्र होइन र सिंगो राष्ट्रका लागि समेत योगदान पुग्ने देखिन्छ । यस्ता श्रृजनात्मक कृषि कार्यलाई स्थानिय तहबाट थप होसल्ला प्रदान गर्न सके अझ यस्ता पौरखी हातहरुलाई थप हौसला प्रदान हुने थियो कि ?

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६