सूचना र प्रविधि

कञ्चनमा २ पांग्रे निशेध,आन्तरिक आवागमन समेत कडाई



रुपन्देही ८ वैशाख । कञ्चन गाउँपालिकाले आन्तरिक आवागमन अन्तरगत साईकल, मोटरसाईकल र चारपांग्रे नीजि सवारी साधनहरुमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कञ्चन गाउँपालिकाको कार्यपालिकास्तरको बैठकले गाउँपालिकामा लकडाउनको समयमा कञ्चन र कञ्चनसंग जोडिएका स्थानिय पालिकाहरुको बाटो हुँदै अबैधरुपमा  लागू औषध ओसार पोसारमा तिब्रता आएको भन्दै आवागनमा रोक लगाउने निर्णय गरेको  । 

            कोरोना भाईरसको सम्भावित संक्रमणको उच्च जोखिममा कञ्चन गाउँपालिका रहेको भन्दै त्यसबाट सुरक्षित रहन गाउँपालिकले बैठकले अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दुध धुवानी गर्ने गाडी र सुरक्षाकर्मीको गाडी बाहेक अन्य सवारी साधनहरु गाउँपालिका भित्र आवतजावत गरेको पाईए कारवाही गर्ने निर्णय भएको गाविस अध्यक्ष गोकणवहादुर क्षेत्रीले बताउनु भयो । अति जरुरी कामका लागि वडा कार्यालयबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने निर्णय भएको गाउँपालिकाका प्रबक्ता समेत रहनु भएका वार्ड नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

        यसैगरी दुध र दुधजन्य पदार्थ, फलफूल, तरकारी जस्ता वस्तुहरुको बिक्री वितरणलाई बिहान ५ देखि ८ र बेलुका ५ देखि ७ बजेको समय निर्धारण गरिएको र ती बस्तुरुको बिक्री बितरण गर्दा पनि न्युनतम १ मिटरको सामाजिक दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने कुरालाई कडाइका साथ लागू गर्न कञ्चनवासीलाई विशेष अनुरोध गरिएको छ ।

        उता लकडाउनको मौका छोपी लागू औषध सेवनकर्ताहरुले लागू औषध ओसार पोसार गरिरहेको सूचना प्राप्त भएपछि आन्तरिक आवागमनलाई पूर्णरुपमा रोक लगाउने र उनीहरुको विशेष निगरानी र अनुगमन गर्न सुरक्षा निकायलाई अनुरोध गर्ने समेत निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । कञ्चनमा लागूऔषध कारोवारीहरुले ओसारपसारको मुख्य बाटो कञ्चनका विभिन्न सडकहरु नै बनाइरहेकोले कोरोना भाइरसको जोखिमलाई कम गर्न सवारी साधन आवतजावतमा रोक लगाएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६