ब्रेकिंग न्युज

कोरोना कहरमा प्रदेश ५ अब्बल , धेरै काम सह्रानिय तर केहि काम ?



कपिलवस्तु १० बैशाख कोरोना भाइरस विरुद्धको लडाइमा प्रदेश ५ यतिबेला ७ वटै प्रदेशमा सबैभन्दा उच्च तयारी गर्ने प्रदेशको रुपमा देखा परेको छ । रुपन्देहीको भैरहवा , नेपालगंज र दाङमा कोरोना परिक्षणको ल्याव स्थापनाका हिसावले होस वा किसानका तरकारी बोक्न कृषि एम्वुलेन्सको प्रयोगका हिसावले होस यो प्रदेश अन्य भन्दा भिन्दै रुपमा देखा परेकोछ । यतिमात्र होइन मुख्य मन्त्री प्रदेश ५को पोर्टलवाट कोरोना विरुद्धको मोवाइल एप्स प्रयोगमा ल्याएर यो प्रदेश फेरी पनि अगाडी नै रहेको छ ।

    सबै स्थानीयतहका प्रमुखसंग , सुरक्षा निकायका प्रमुखसंग ,राजनैतिक नेतृत्वसंग  भिडियो संवाद मार्फत मुख्यमन्त्री शंकर पोख्रेल निरन्तर संपर्कमा रहेर कामको समन्वय राम्रो संग भएकोछ । प्रदेशका १०९ स्थानीयतहलाई १० देखि २० लाख सम्म कोष उपलब्ध गराएर कोरोना विरुद्धको लडाईमा प्रदेशको अग्रसरता सह्रानिय छ । यस मध्ये केहि वढी चर्चा प्रदेश ५ सरकारले कोरोना भाइरस कोभिड १९ संक्रमण सतर्कताका लागि नेपाल कोभिड–१९ ट्रेसिङ एप सञ्चालनमा ल्याएको वारेमा गर्नु जरुरी छ । ।लकडाउनको अवस्थामा रहेका बेला प्रकोपविरुद्ध लड्न एप्सले महत्वपूर्ण भूमिका खेल्ने प्रदेश सरकारको भनाइ छ ।


        अफलाइनमा पनि चलाउन मिल्ने र संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने प्रदेश सरकारले जनाएको छ । यो एपले कोभिड–१९ का संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन मद्दत गर्नेछ ।यो एप्स प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://cm.p5.gov.np/  गई डाउनलोड गरी प्रयोग गर्न सकिने छ । ब्लुटुथमा आधारित भएकाले नियमित इन्टरनेट वा मोबाइल डाटा प्रयोग गरिरहन नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने मुख्यमन्त्रीले आफ्नो आधिकारी पेज लेख्नु भएकोछ । अफलाइन चलाउँदा संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने सुविधा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीको भनाइछ ।

        ‘सिंगापुर, दक्षिण कोरियाजस्ता देशले समेत कोभिड १९ को नियन्त्रणका लागि यो प्रविधि प्रयोग गरिरहेका र भर्खरै मात्र पनि भारतले यो प्रविधिको प्रयोगमा ल्याएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोभिड १९ नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र यो एप्स प्रयोग गरिनेछ । त्यसैगरी यसको प्रयोग गरिरहँदा प्रयोगकर्ताको सूचना पूर्णतया गोप्य रहने पनि दाबी गरिएको छ ।एप्स प्रयोग गर्न जीपीएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग इन गर्न सकिने छ ।  विश्वले भर्खरै अपनाएको प्रविधी नेपाल भित्र प्रदेश ५मा शुरुमै प्रयोगमा आउनु अत्यन्तै सकारात्मक कदमको रुपमा लिन सकिन्छ ।

    यी धेरै राम्रा काम प्रदेश ५मा भैरहदा केहि काम भने  कमीकमजोरी  देखा परेका छन् । बुटवलको कोरोना अस्पत्तालमा मृत्यू भएका वावुराम थापाका परिवारकालागि ८ लाख रकम राहत दिने निर्णय मुख्यमन्त्री पोख्रेलले गर्दा कपिलवस्तु तौलिहवाको आइशोलेशन वार्डमा मृत्यू भएका बिजयनगरका चतुरभूज भरको परिवारले यस्तै सुविधा पाउनु पर्छ ।त्यो निर्णय ढिलो चाडो गरेर सामाजिक न्याय एकै किसीमको दिनु पर्छ । 

    रुपन्देहीका सम्पादकहरुसंग छलफल गरेर सुझाव लिने मुख्य मन्त्रीले प्रदेश भित्र अन्य मह्त्वपूर्ण मिडिया छन्  त्यहापनि सम्पादक छन् भन्ने  समयमै जानकारीमा रहनु पर्छ । बसोवास क्षेत्र बुटवल र गृहनगर दाङ वाहेका सम्पादकहरुले  मुख्यमन्त्रीसंग छलफल गर्न पाउनु पर्छ । सडकमा मजदुरले सास्ती पाई रहदा संघिय सरकारले मजदुरवारे सोच्न ढिलाई गरि रहदा प्रदेश ५ ले मजदुर ब्यवस्थापनमा सही निती समयमै ल्याएको भए राम्रो हुन्थ्यो । सैनामैमना  नगरले वस खोजेर पुराउन शुरु गर्दा प्रदेश भर यस्तै कामको निर्देशन दिन  समयमै सकेको भए अब्बल निर्णय ठहथर््यो ।   

    अहिले कोरोनाका विरामीका त कुरै छाडौं गभवती महिला र दिर्घरोगीले समेत  निजी अस्पत्तालहरुमा उपचार नपाउने अवस्थाछ। एम्बुलेन्सका फोन उठ्नै छाडेका छन् । यस्तो विषयमा प्रदेश ५ सरकारले फरक मापदण्ड वनाएर कार्यान्वयन गर्न पहल  गर्न  राम्रै हुन सक्छ । बुटवल उपमहानगर पालिका ,तिलोत्तमा  नगरपालिका र बाणगंगा नगरपालिकाले  गरे जस्तै आन्तरीक कृषि उपजको प्रयोग गर्ने ब्यवस्था मिलाउन नेकपाका प्रदेश ५ इन्चार्जको भूमिकामा रहनु भएका मुख्य मन्त्री पोखरेलले पहल गरे कसो नहोला र ? 

        केहि प्रदेश सांसद यतिबेला जनताका बीचमा छन् धेरैजसो सांसद पुरै लकडाउनका कारण घरभित्रै सिमित छन् घरभित्रै सिमित सांसदले जनस्तरमा भएगरेका समस्या प्रति कति अपडेटछन् मुख्यमन्त्रीले आवश्यक निर्देशन दिनु भएको छ होला । तर प्रदेश सांसदले धेरै केहि नगरुन आफ्नो क्षेत्रका   स्वास्थ्य सस्थाको अवस्था अनुगमन गरुन परेका सामस्यामा सहकार्य गरुन  । यस्ता काम भएर जानकारीमा नआएका हुन् की हुदै नभएका हुन् मुख्य मन्त्रीले जानकारी  राखेर हेर्दा जनस्तरमा भोली नेताहरु विपत्तिमा पनि साथमै थिए भन्ने सन्देश जान सक्छ । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६