२०२० को पहिलो महिनामा चीनमा सक्रमण सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) ले संक्रमणको सुरुवाति चरणमा विश्व परिदृश्यमा रहेको वुझाइ र त्यसको लगभग ४ महिनापछि हालसम्म आउँदा यसले पार्ने अल्पकालीन र दिर्घकालीन असरको अनुभव, विश्लेषण र अनुमानमा धेरै अन्तर देखिन्छ । शुरुवाति चरण यसलाई सजिलै नियन्त्रण गर्न सकिने र चीनबाटै यसको अन्त्य हुन्छ कि जस्तो विश्लेषण धेरै भएको थियो । यद्यपि विश्व स्वास्थ्य संगठनले भने यसको संक्रमणको दर वृद्धि हुँदै जाँदा यसको असर भयाभव हुने सक्ने अनुमान गरेको थियो ।
मुख्यतय: अमेरिका, यूरोपेली सम्पन्न राष्ट्रहरु इटली, स्पेन, जर्मनी र फ्र्रान्स जस्ता देशहरु र बेलायत लगाएतमा यसको प्रभाव ब्यापक रुपमा वढ्दै जादा चीनले सापेक्षिक रुपमा यसको नियन्त्रणमा सफलता हासिल गरी अमेरिका र यूरोपका देशहरुमा स्वास्थ्य समाग्री निर्यात गर्न सक्नु र मानवीय सहयोग पु¥याउन सक्ने स्थितिमा पुग्दै गर्दा यसले विश्व अर्थराजनीतिमा नयाँ छलफलका आयमहरु सृजना गरेको छ भने अर्कोतर्फ उत्तर कोरियाले आफ्नो देशलाई पूण कोराना मुक्त घोषणा गर्दै मिसाइल परीक्षण ब्यस्त हुनुले विश्व अर्थराजनीतिमा उथलपथल हुन सक्ने संभावनालाई पुरै नकार्न नमिल्ने ठाउँमा पु¥याएको छ । शुरुमा चीनले बन्दावन्दीको नीती अवलम्वन गर्दा अमेरिका र यूरोप का विग मिडिया हाउसहरुले चिनको शासन ब्यवस्था निंरकुश भएको र मानवीय स्वतन्त्रतालाई आघात पुराएको र चिनको शासन ब्यवस्था स्वतन्त्रता विरोधि भएको भन्दै मुख्य समाचार बनाएर छापका थिए । त्यसको २ महिना पछि वेलायत लगायत यूरोपका अधिकांस देशहरु आफै वाध्य भएर सोहि निती अवलब्वन गर्न पुगे भने अमेरिका पनि अघोषित रुपमा सोहि नीति नै अवलम्वन गर्ने स्थितिमा पुग्दै गर्दा अहिले एकदलीय कम्युनिष्ट शासन ब्यवस्था रहेको चीनप्रति विश्व जनसमुदायको आशा भरोस ह्वात्तै वढ्न पुगेको छ ।
अमेरिका र यूरोपियन शक्ति राष्ट्रहरुको अर्थ ब्यवस्था ठप्प प्राय हुँदा चीनको अर्थब्यवस्था चलायमान हुन पुगेको छ । शुरुवाती चरण अमेरिका बन्द गर्न बनेको राष्ट्र हैन भनेर अभिब्यक्ति दिएका राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमण नियन्त्रण हुन नसकेपछि ब्यापक रुपमा अमेरिका भित्रै आलोचित हुन पुगे । विश्वमा जहिले नम्वर १ मा रहन चाहने अमेरिका कोभिड–१९ संक्रमण र मृत्यु दवै हिसावले सवैभन्दा अगाडि नै हुन पुग्यो तर यसले राष्ट्रलाई दिर्घकालीन हिसाबले कति पछाडि पार्छ भन्ने कुराको हिसाव हुन भने वाँकी नै छ ।
पूँजीबादी ब्यवस्थालाई निर्विकल्प ठान्ने र त्यसको विकासको नेतृत्व गर्ने देशकरुको सार्वजनिक स्वास्थ्य स्थिति विपद र संकटको सामाना गर्न सायदै यति कमोजर हुन्छ भन्ने कसैले सोचेको थिएन । औषधि, मास्क, सेनिटाइजर, भेन्टिलेटर, स्वास्थ्य सुरक्षा उपकरणहरुको चरम अभाव गरिव अल्पविकसित र विकासशिल राष्ट्रहरुमा हुनु त अपेक्षित नै हो । तर अमेरिका, वेलायत र स्वास्थ्य क्षेत्रमा राम्रो मानिएका यूरोपियन देशहरुमा उल्लेखित सामाग्रीको अभवामा छटपटाउनुले त्यहाँ रहेको सार्वजनिक स्वास्थयको दुराअवस्था छरलङ्ग पारेको छ । यसले पुन फेरि शिक्षा, स्वास्थ्य जस्ता आधारभुत पक्षहरु राज्यको लगानी र नियन्त्रणमा हुनु पर्दछ भन्ने कुराको पुष्टि मात्रै गरेन पूजीबादले अंगिकार गरेको नीति समेत गलत सावित भएको छ । यसले पूँजीबादको विकल्प नदेख्नेहरुलाई देख्न बाध्य पारेको छ । १ अर्व ४० करोड भन्दा बढि जनसंख्या रहेको चिनले विश्वलाई नेतृत्व गरिरहेको जस्तो देखिएको बर्तमान सन्दर्भमा विश्व भरिका कोरना पीडित राष्ट्रहरुको एकल आशा भएर चीन उदाएको छ । चिनिया स्वास्थ्य कर्मिको टिम इटलीमा स्वास्थ्य सामाग्री बोकेर जाँदै गर्दा त्यहाँका जनताले चिनिया सरकारप्रति ठूलो सम्मान र माया देखाएका थिए । यसको अर्थ केवल सामाग्रीको सहयोग र त्यसले सृजना गरेको वातावरण मात्र भनेर वुझ्दा अपुरो हुन्छ ।
शासन ब्यवस्था, त्यसले अगिंकार गर्ने नीति र त्यसलाई अगाडि वढाउने नेतृत्वको अविभाज्य सम्वन्ध हुन्छ तसर्थ कुनै पनि राष्ट्रले अंगिकार गरेको राजनैतिक शासन प्राणालीले मुख्यतय त्यसकोे आर्थिक नीतिसँग सरोकार राख्छ भने सहायक रुपमा देशका नागरिको ब्यक्तित्व निर्माणदेखि सामाजिक संरचनाको निर्माणमा महत्वपूण योगदान गरेको हुन्छ । मुख्यतय पूँजीबादको नीतिबाट निर्देशित अमेरिकी शासन ब्यवस्थामा डोलाल्ड ट्रपले स्थिति भयाभव हुँदा सम्म स्वतन्त्रताको नाममा लकडाउन गर्ने कुरालाई आत्मसाथ गरेनन भने अर्को तर्फ नागरिक स्वतन्त्राको माग गर्दै बन्दुक सहित पर्दशनमा उत्रिए जसलाई राष्ट्रपतिले समर्थन गरेको विषयमा राज्यका गार्भनरहरु चिन्तित भएको समचारहरु आइरहेका छन अझै पनि त्यहाँ महामारी तुरुन्तै रोकिने छाँटकाट देखिएको छनै ।
अर्कोतर्फ कम्न्यूजिम मुख्यतय माक्सबाद र लेलिनबादलाई मुख्य मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीबाट निर्देशित सि जिङ पिङ्गको नेतृत्वले जनताको जीवनलाई अमूल्य ठान्दै पूर्व तयारीको समय नभएको अवस्थामा पनि पूर्ण रुपमा वन्दावन्दी ब्यवस्था लागु गरे र स्वास्थ्य राज्यको नियन्त्रण भित्र रहेको प्रमाणित पनि गरे । अर्को तर्फ चीनका नागरिकले राज्यले कार्यान्वयन गरेको नीतिमा पूर्ण रुपमा साथ दिए । यो दुई देशमा कोरोना नियन्त्रणका क्रममा अवलम्बन गरिएका उपाएहरुमा भिन्नता भन्दा पनि दुई देश बीच रहेको शासन प्राणालीको भिन्नतासँग जोडिएको कुरा बर्तमान सन्दर्भमा विश्वभरी विषेश छलफल भएको छ ।
यसरी विश्लेषण गर्दा केहि वर्षदेखि निरन्तर रुपमा उच्च आर्थिक वृद्धिदर हासिल गरिरहको चीन स्वभाभिक हिसावले केही दशका विश्वको १ नम्वर अर्थतन्त्र हुने अनुमान गरिएकै थियो । यो महामारिले आर्थिकरुपमा चीनले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने कुरालाई धेरै हदसमम प्रमाणित नै गरिसक्यो भने समारिक राजनैतिक हिसावले पनि अव मुलत अमेरिकाले अंगिकार गरेको पूँजीबादी विकास निती र स्रमाज्यवादी चरित्र विश्मा अस्वीकार हुने निश्चित प्राय देखिन्छ ।
यसै सन्दर्भमा विश्व अर्थतन्त्रमा उदयमान देखिएको १ अरब ३० करोड भन्दा वढी जनसख्या भएको भारतले महामारीसँग लड्ने क्षमता कति राख्छ यो भने हेर्न वाँकी नै छ । कोरोना महामारीले भारतले आफ्नो अर्थतन्त्रलाई जोगाइ राख्ने संभावना त्यति वलियो त देखिदैन यद्यपी महामारीले भारतीय अर्थतन्त्रलाई पार्ने प्रभावले पनि विश्व अर्थराजनितिमा ठूलो महत्व राख्ने हुँदा अझै केहि समय विश्व अर्थराजनिति कुन बाटोमा जान्छ भन्ने कुरा वहसकै विषय बनेको छ ।
प्रतिक्रिया