ब्रेकिंग न्युज

चार अवोध बालिकामाथि यौन दुराचार: यसरी खुल्यो उत्पीडनको रहस्य



 कपिलवस्तु १० बैशाख कपिलवस्तुको बाणगंगा ४ गजेहडाकी एक १० वर्षिय वालिकाले स्थानीय रेडियो बुद्ध आवाजवाट आई रहेको  रमाइला गित सुन्दै गर्दा किशोरीकालागि संचालित हाम्रो संवाद  भन्ने कार्यक्रम  मंगलवार  सुन्न पाइन । त्यहा एक किशोरीले नै कार्यक्रम प्रस्तुत गर्दै भनिन लक डाउनका बेला कसैले तपाई कुनै प्रलोभनमा पार्न सक्छ, चिनेजानेका वाटै तपाईलाई यौन दुरब्यवहार हुन सक्छ । कसैले तपाईका शरिरका विभिन्न अंग छुन्छ ,मुसार्छ ,चुम्वन खान्छ वा यौन अंग सुम्सुमाउछ भने त्यो यौन हिंसाहो त्यस्तो हिंसा सहेर बस्नु हुदैन । त्यसका विरुद्ध लाग्नु पर्छ । त्यहा भनिएको थियो लकडाउनका बेला कपिलवस्तुमा किशोरी सहित ४ जना वलात्कारमा परि सकेका छन् ।

        त्यो कार्यक्रम नै ती अबोध वालिकाकालागि यौन उत्पीडन विरुद्ध लाग्ने  उर्जाका रुपमा देखा परयो । सो कार्यक्रम शिद्धार्थ सामाजिक विकास सस्थाले रेडियोवाट प्रशारण गर्न शुरु गरेको दोश्रो दिनमै यस्तो रहस्य वाहिर आएको हो । तत्पश्चात उनले वालत्कार भन्नाले के कस्तो हो  ? भनेर आफ्नी दिदीसंग सोधपुछ गरिन । दिदीले आश्चर्य मान्दै वताएपछि आफूलाई पनि एकजना अंकलले यस्तै गरेको भन्दै डाँको छाडेर  पीडित वालिका रोइन । तत्पश्चात वालिकाकी आमाले सोधपुछ गर्दा रुदै सबै विवरण सुनाइन ।  यतिमात्र होइन यस्तो ब्यवहार ४ जनासंग हुने गरेको उनले सुनाइन । सबैलाई अभिभावकले सोधपुछ गरे पछि सबैले उस्तै विवरण सुनाए । उक्त सबै विवरणको भिडियो सुरक्षित रहेको छ ।

        त्यसपछि पीडितहरु प्रहरी समक्ष पुगेका थिए । विवरण अुनसार  ललाई फकाई विभिन्न प्रलोभनवाट यौनजन्य दुरब्यवहार गर्दै आएका गजेहडाका २ जना  बुधवार पक्राउ भएका छन् ् । पीडित चार वालिकाले प्रहरी समक्ष सबै घटना विवरण वताएका छन् । प्रहरीमा दिनभर पालैपालो बयान दिएकी एक वालिकाले प्रेसपाटीसंग भनेकीछन्  अहिले सम्म आफूसंग १० पटक त्यस्तो दुर ब्यवहार भएको छ  । घरमा वोलाउने र विभिन्न दुर ब्यवहार गर्ने गरेको कुरा महिला सेलका प्रहरीसमक्ष वताउदा मन थाम्न नसकेर रुदै वयान दिएको ती वालिकाको भनाई छ । आफूहरु माथि यौन हिंसा भएको कुरा वल्ल आएर बुझेको उनले सुनाइन । 

        यता  कपिलवस्तुमा ४ बालिका बलात्कृत भएको घट्ना बाहिर आएसंगै स्थानीयले प्रहरी चौकी गजेहडामा घेराउ गर्दै दोषिमाथि कडा कारवाहीको माग गर्दै केहिवेर नारावाजी गरेका थिए । एक जना १७ वर्षका र अर्काे ४५ वर्षका पुरुषवाट यौन जन्य हिंसामा पर्ने वालिका भने १० वर्ष भित्रका रहेका छन्  बलात्कार आरोपी ४५ वर्षका पप्पु भन्ने तिलकराम गुप्ता र १७ वर्षका मुस्कान शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको र पीडितको वयानपछि उनीहरुलाई समेत बयान लिएर कानुनत अघि वढ्ने प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले  जानकारी दिनु भयो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६