सूचना र प्रविधि

मध्ये रातमा समाजवादी र राजपाको एकिकरण , सो अघि नै ४१ प्रतिशत सांसदले फुटाए समाजवादी पार्टी , आज निर्वाचन आयोगमा एकिकृत र नयाँ पार्टी दर्ता हुने



काठमाडौँ ११ बैशाख   मध्यरातमा  दुई महत्वपूर्ण घटना घटेका छन् । एकातिर समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको बताईएको  छ ।अर्काेतिर सो पूर्व नै समाजवादी पार्टी विभाजन भएको घोषणा गरिएको छ । एकातिर नेताहरुले एकताको सहमती पत्रमा हस्ताक्षर गरि रहदा अर्कातिर समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउने निर्णयमा हस्ताक्षर भएको छ ।

        यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेका हुन । संघिय समाजवादी फोरम र नयाशक्ती पार्टि मिलेर बनेको समाजवादी पार्टिको तर्फबाट संघिय संसदमा समानुपातिक ६ र  प्रत्यक्ष निर्वाचित ११ गरी १७ जना सॉसद छन । १७ मध्ये ७ सांसद सांसदले ४१ प्रतिशत हुन आउछ । अर्काेतर्फ राजपा र समाजवादी दुई दल बिच चार बुँदे सहमति समेत भएको छ । सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ ।

            नया  पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्ने सहमति भएको छ ।  आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।काठमाण्डौ, बैसाख ११र डा। बावुराम भटराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी बिभाजित भएको छ ।

        पार्टि बिभाजनको खतरा बढेपछि राजपा संग एकता गरेपनि बिभाजन रोक्ने नेताहरुको प्रयत्न सफल हुन सकेन । अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भएको बैठकबाट निर्णय गरेका उनिहरुले बिहीबार नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।संभवत आज निर्वाचन आयोग खुल्नासाथ एकातिर एकिकृतपार्टी गठनको जानकारी गराइने छ भने अर्काेतर्फ नयाँ पार्टीको दर्ता गरिनेछ । 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६