कोशी

दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी



सुनसरी ११ बैशाख । सुनसरीका ताङचुक बासुक मियाँ तीन महिनादेखि सुर्खेतमा मजदूरी गर्नुहन्थ्यो । कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउन घोषणा गरेपछि १५ दिन विनाकाम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहार्नुभयो । उहाँको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानका लागि प्रहरीको सहयोगमा उहाँ तीन घण्टामा कोहलपुर पुग्नुभयो । “म यता लकडाउनमा परेँ । दुई छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुशी लाग्यो”, कोहलपुरको चौराहामा भेटिनुभएका उहाँले भन्नुभयो ।

        उहाँलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पु¥याइएको थियो । जाजरकोटकी रुपा विक पनि गत चैत ७ गते उपचारका लागि नेपालगञ्ज आउनुभएको थियो । यहाँ पुगेको केही दिनमै लकडाउन भएपछि लामो समयसम्म सपरिवार होटलमा बस्नुभयोे । कोहलपुर चौराहामा भेटिनुभएका उहाँले भन्नुभयो, “उपचार  भएन । अलिअलि भएको पैसा पनि सकियो । खान  समस्या भएपछि हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ, यसैले यहाँका आएका हौंँ ।” उहाँका अनुसार उनीहरुजस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग र उद्धार गरेर घरसम्म जाने वातावरण बनाइदिएको छ । नेपालगञ्जबाट  कर्णाली तथा सुदूरपश्चिम दैनिक जाने पाँच सयभन्दा बढी छन्  । कोरोना भाइरसको त्रासबीच आफ्नो घर पुग्न भोकभोकै पैदल हिँडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले उनीहरुलाई सहजरुपमा घरसम्म पुग्ने वातावरण निर्माण गरिरहेका छन् । लकडाउनमा हजाराँै किलोमिटर हिँडेर जान थालेपछि अलपत्र र बेवारिसेलाई सुरक्षित गन्तव्यमा पु¥याउन थालिएको हो ।

         यहाँका स्थानिय सरकारले एक हप्तादेखि बन्दाबन्दीका मारमा परेका नागरिकको उद्धार तथा व्यवस्थापनलाई तीव्रता दिएका छन् । नेपालगञ्जबाट कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । पूर्वपश्चिम राजमार्गको चौराहामा कोहलपुर नगरपालिकाले खाना खाने व्यवस्थासमेत मिलाएको छ ।  नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले अनिवार्यरुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय  गरिरहेका छन् । नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महामारीका समयमा अपलपत्र नागरिकको उद्धारलाई मुख्य प्राथमिकता दिइएको बताउनुभयो । उहाँले छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पु¥याउने काम भइरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले नगरपालिकाभित्र राहत वितरणसँगै बाहिर जानेहरुलाई उद्धार गरिरहेका छौँ । चौराहामा हेल्थ डेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा कोही पनि नागरिकले दुःख नपाऊन्, भोकै नबसून् भनेर सक्रिय छौँ ।”

स्रोत रासस

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६