प्रदेश

अण्डा उत्पादक कृषक टाट पल्टिदै,कौडीको भाऊमा अण्डाको कारोवार



कपिलवस्तु ११ वैशाख अण्डा उत्पादन लेयर्स कुखुरा पालक कृषक धरासायी बनेका छन् । हामी अण्डामा आत्म निर्भर छौं भनिरहदा अण्डा उत्पादक कृषक आफ्नो लागत मूल्य भन्दा प्रति गोटा ३ रुपैया कम मूल्यमा अण्डा विक्रि गर्न बाध्य भएको कपिलवस्तु अण्डा उत्पादक कृषक संघका अध्यक्ष यूवराज अधिकारीले बताउनु भयो । अध्यक्ष अधिकारीले अब सधाका लागि अण्डा कृषक सडकमा पुगेको गुनासो गर्दै राज्यले आफुहरुको मर्का नहेरेको आक्रोस पोख्नु भयो । अध्यक्ष अधिकारीले अण्डा उत्पादक कृषक अहिले नै घर खेतको स्थितीमा पुगेको बताउदै यसबाट कृषकलाई बचाउन राज्यले संमयन्त्र निर्माण गरी उचित राहतको माग गर्नु भयो ।  

         अध्यक्ष अधिकारीले भन्नु भयो एउटा कुखुरालाई २४ महिना सम्म दाना, औषधी र ब्यवस्थापन खर्च जोडदा ४ हजार ५ सय लागत आउने र त्यसले १८ महिना सम्म अण्डा दिने गर्दछ । त्यस अवधीको ९० प्रतिशत उत्पादन जोडदा जम्मा ४ सय ९२ गोटा अण्डा दिने गर्दछ । अण्डाको हालको होलसेल मूल्य प्रति गोटा अहिले रु ६ रुपैया रहेको छ । यसले एउटा कुखुराको सम्पूर्ण लागत रु ४ हजार ५ सय आउने र एउटा कुखुराले उत्पादन दिने अण्डाको विक्रि मूल्य २ हजार ९ सय ५२ रुपैया आउन्छ । यसर्थ प्रति गोटा लागत ९ रुपैया हुदा अण्डा उत्पादक कृषक प्रति गोटा ३ रुपैया नोक्सान बेहोर्नु परेको स्पष्ट हुने कपिलवस्तु अण्डा उत्पादक कृषक संघका जिल्ला सचिव आत्मराम बेल्बासेले बताउनु भयो । सचिव बेल्बासेले बजार मूल्य ठिकै  हुदा पनि बीचौलीयाका कारण अण्डा उत्पादक कृषक सधै नोक्सान नै ब्यहोर्नु परेको दावी गर्नु भयो । उहाँले बीचौलीयाको अन्त्य नहुदा सम्म अण्डा उत्पादक कृषकले कहिले पनि मुनाफा आर्जन गर्न नसक्ने दावी समेत गर्नु भयो । बेल्बासेले बीचौलीयाको अन्त्यका लागि सबै कृषक एक हुनुपर्नेमा जोड दिनु भयो । जिल्ला सचिव बेल्बासेले छोटै समयमा बजारमा दानाको मूल्य ३६ रुपैयाबाट बढेर ५४ रुपैया पुग्दा अण्डाको मूल्य झनै खस्कदो रहेको दावी गर्नु भयो । 

         यता २०७१ साल देखी माउण्ट एभरेष्ट एग्रिकल्चर कम्पनी प्रा.लि. संचालन गर्दै आउनु भएका संचालक नन्दराम पोख्रेलले  मापदण्ड निर्धारण गरी अण्डाको निश्चित मूल्य राज्यले तय गर्नु पर्ने माग गर्नु भयो । त्यसो नभए कृषक सधै नोक्सान ब्यहोर्नु पर्ने पिडा पोख्नु भयो । कपिलवस्तु जिल्लामा मात्र लेयर्स कुखुरा पालक कृषक फर्मको संख्या ३२ वटा रहेकोमा अहिले १७ वटा मात्र संचालनमा रहेको कपिलवस्तु अण्डा उत्पादक संघका यूवराज अधिकारी बताउनु भयो । अध्यक्ष अधिकारीले जिल्लामा ५६ हजार ५ सय ५० वटा लेयर्स कुखुरा रहेको र दैनिक ५० हजार अण्डा उत्पादन हुने जानकारी दिनु भयो । त्यस्तै बाणगंगा नगरपालिका भित्र अण्डा उत्पादक कृषक फर्म १४ रहेको भएपनि हाल ७ वटा फर्म मात्र संचालनमा रहेको बाणगंगा अण्डा उत्पादक संघका अध्यक्ष आत्मराम बेल्बासेले जानकारी दिनु भयो ।

         राज्यले कृषकलाई लागत मूल्यमा २५ प्रतिशत मुनाफा दिने कुरा गरिरहदा स्वदेशमै केही गरौं भन्ने कृषक भने यतिबेला घरबार विहिन बन्नेतर्फ उन्मुख बनिरहेका छन् । के वास्तवमै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र देशमै स्वरोजगारी श्रृजना गर्ने हो भने यस्ता वास्तविक कृषकका समस्या समाधानमा एक दिन पनि ढिला हुन सक्छ ?

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६