विचार/ब्लग

COVID-१९ को प्रयोगशाला परिक्षण: एक विवेचना



परीक्षण – हाल विश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना (COVID-19) भाईरसको प्रयोगशाला परीक्षणमा नेपाल र नेपाली समुदायहरुमा अन्योल तथा भ्रमको अवस्था रहेको पाईन्छ। कोभिड-19 को परीक्षण गर्नको लागि राम्रो तालिम प्राप्त प्रयोगशालाकर्मी र सुबिधा सम्पन्न BSL2 र BSL3 वायोसेफ्टी क्याविनेट सहितको ल्याब आवश्यक छ। विश्वभरी प्रयोगमा आएको परीक्षण प्रविधि तथा परीक्षण शैली दुई प्रकारको छ। र्यापिड परीक्षण अर्थात् RDT (rapid diagnostic test) र पीसीआर अर्थात् rRT-PCR (real-time reverse transcription polymerase chain reaction) नेपालमा पनि यी दुई परिक्षण शैलीहरु प्रयोग भइरहेका छन, तर जनमानसमा यो प्रविधिको परिक्षण शैली र त्यसको रिपोटिङ्गमा सामान्य ज्ञानको अभाव भएको कारण यी जाँचहरुको चर्चा परिचर्चा सँगसँगै आलोचना पनि भएको पाईन्छ। ति भ्रमहरुलाई निवारण गर्नका लागि निम्नानुसार RDT र rRT-PCR सामान्य विश्लेषण गरिएको छ। 

RDT (Rapid Diagnostic Test) 
यो antigen-antibody reaction सिद्धान्तमा आधारित परिक्षण हो। यसले बिरामीको blood serum/plasma मा रहेका antigen र antibody दुबै परिक्षण गर्छ। RDT लाई antigen-based र antibody-based गरि दुइ भागमा बिभाजन गरिएको छ। Antigen-based RDT ले body fluid हरुमा रहेका viral protein परिक्षण गर्दछ। नेपालमा COVID-19 परिक्षणको लागि antibody-based RDT प्रयोग गरिएको छ, जसले antibody को पत्ता लगाउछ। Antibody-based RDT ले धेरै संख्यामा छिटो परिक्षण गर्नुको साथै लक्षण नदेखिएका र निको भइसकेकाहरु पनि छुट्याउँछ। त्यसैले RDT एउटा महत्वपुर्ण परिक्षण हो, यस सँगै rRT-PCR पनि परीक्षण गर्नुपर्छ। RDT बाट मात्र संक्रमणको निश्चित गर्नु हुँदैन। FDA बाट स्वीकृत 1 मात्र RDT हाल नेपालमा उपलब्ध नभएको हुँदा, भरपर्दो हुन नसक्ने चिन्ता गर्नु स्वभाविक हो।
Real-Time Reverse Transcription Polymerase Chain Reaction (rRT-PCR) 
यो molecular technique हो। यसले बिरामीको नमुनामा भएको viral nucleic acid पत्ता लगाउँछ। जसको लागि nasopharyngeal अथवा oropharyngeal swabs, sputum, bronchoalveolar lavage, र nasopharyngeal aspirate अथवा nasal aspirate प्रयोग गरिन्छ। rRT-PCR technique ले coronavirus को RNA परिक्षण गर्दछ। कोरोनाभाइरस संक्रमण परीक्षणको लागि N, E, S र RdRP genes हरु लक्षित गरिएको छ। नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा खासगरी E र RdRP genes लक्षित गरिएको छ। यसबाट गरिएको परिक्षणले COVID-19 को संक्रमण भए नभएको पुष्टि गर्छ। नमुना संकलन गर्ने तरिका, समय, जाच्ने उपकरण र परीक्षण गर्ने व्यक्तिको शिपले यसको नतिजालाई प्रभाब पार्न सक्छ।
चित्र: संक्रमणको विभिन्न समयबिन्दुहरूमा viral RNA and antigen/antibody हरूको स्तर 
RDT / rRT-PCR बाट प्राप्त हुनसक्ने नतिजा र त्यसको महत्वलाई निम्न तालिकामा प्रस्तुत गरिएको छ।
त्यसैले यो महामारिको बेलामा rRT-PCR नै COVID-19 को प्रयोगशाला परिक्षणको मुख्य हतियार हुन सक्छ। तर antibody-based RDT प्रविधि बिना-लक्षणका बिरामीहरु र पहिलेका संक्रमितहरु छुट्टयाउन सहयोगी हुन्छ। तसर्थ RDT र rRT-PCR दुवै परिक्षण प्रविधिहरुको प्रयोग गरेर नै COVID-19 भाईरसको उत्कृष्ट नतिजा प्रदान गर्न सकिन्छ। अन्तमा WHO, CDC र FDA ले स्वीकृत गरेको तथा राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला परिक्षण सामग्री मगाउनेमा नेपाल सरकारको सधै ध्यानकेन्द्रित हुनुपर्छ।
(यो प्रस्तुत लेख श्री उपेन्द्र अर्याल (माइक्रोबायोलोजिष्ट)ले अनुवाद गर्नु भएको हो।)

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६