ब्रेकिंग न्युज

बाल गृह संचालक रोडवाट करोडपति, संस्थाको २५ लाख ऋण



कपिलवस्तु , १२ वैशाख कपिलवस्तु बाल गृहको गत र चालु आर्थिक बर्षको २५ लाख रुपैया ऋण तिर्न बाँकी छ । बालगृह संचालक समितिले शुक्रबार सार्वजनिक गरेको आयव्ययका अनुसार गत आबको १६ लाख ९८ हजार र चालु आ.ब.को ८ लाख ६८ हजार ऋण छ । उक्त ऋण गत आब भन्दा पनि विगत देखि नै थपिदै आएको छ । तर २०५९ सालमा कपिलवस्तु बालगृहको व्यवस्थापकको रुपमा आएका काभ्रेका रामप्रसाद अर्याल भने यहि बालगृहबाटै करोडपति बनेका छन् । बालमन्दिर श्रोत र प्रेसपाटी अनलाईनले प्राप्त गरेका विभिन्न प्रमाणबाट उनले कमाएको सम्पत्तिको श्रोत खुल्दैन ।  

कपिलवस्तु बालगृह प्रमुख रामप्रसाद अर्याल सिन्धुपाल्चोकको निकै विपन्न परिवारमा जन्मेको, डेढ बर्षमा बाबुको मृत्यु पछि आमाले पाल्न धौ धौ भएर काभ्रेको पाँचखाल स्थित बाल आश्रममा ९ बर्षको उमेर देखि बस्दै आएको एक प्रकारले रोड (सडक)वाट माथि उठेको ब्यक्ति भनेर आफैले एक राष्ट्रिय टेलिभिजनमा अन्र्तवार्ता दिएका छन् । अर्यालले त्यहि बालगृहमै २०४४ सालको उमेरमा सुपरभाइजर बाट जागिर सुरु गरेका अर्याललाई नेपाल बाल संगठनले २०५९ सालमा कपिलवस्तुमा द्धन्द्धपीडित बालबालिकाको पालनपोषणका लागि पठाएको थियो । टुुहुरो भएर पनि संर्घषबाट माथि उठेको उनको जीवन राम्रो भएपनि उनले कमाएको अकुत सम्पत्तिले उनको वास्तविकता अर्कै भएको देखिन्छ । उनले टुहुरा बालबालिकाको नाम बचेरे त्यसबाट आएको श्रोत चुहाएर तथा उनको गास खोसेर कमाएको सहजै अनुमान गर्न सकिन्छ । 

१७ बर्षमा अकुत सम्पत्ति :


विपन्न र बालगृहमा हुर्केर सामान्य जागिरे अर्यालय कपिलवस्तु बालगृहमा आएपछि सम्पन्न बने । उनको राजधानी काठमाण्डौ स्थित पेप्सीकोलामा सुविधासम्पन्न ३ तल्ले घर छ भने कपिलवस्तुको बाणगंगा ४ दरखास्तमा पुर्व–पश्चिम राजमार्ग संगै जोडिएको ४ तल्ले घर छ । यति मात्र नभई उनले कान्छि श्रीमती कमला आचार्यको नामबाट बाणगंगा नगरपालिकाका विभिन्न ३ वटा क्षेत्रमा घडेरी समेत जोडेका छन् । अर्याल निकट एक बालगृह संचालकका अनुसार काठमाण्डौको घर मात्रै डेढ करोड बढिको छ भने बाणगंगाको राजमार्ग संग जोडिएको घडेरी र त्यसमा बनेको ४ तल्ले घर १ करोड बढि पर्छ ।

अवकाश पछि पनि बालगृहमै :

उमेर हदका कारण ७ बर्ष अघि अनिर्वाय अवकाश पाएका बालगृह प्रमुख अर्याल पुनः बालगृहमै करारमा बसेका छन् । संचालक संग श्रोतको राम्रै बाडफाँड गर्न र फकाउन जानेका अर्याललाई केन्द्रिय बाल संगठनले अवकाश दिएर घर पठाएपछि  संचालकहरुले करारमा राख्न माग गरेका थिए । केन्द्रले करार गरिदिने तर सबै तलबभत्ता समितिले खुवाउने शर्त राखे । उक्त शर्त सहजै स्वीकारेर अर्याललाई ७ बर्ष देखि बालबालिकाको पेट भर्न आएको रकमबाट अर्याललाई तलब खुवाउदै आइएको छ । यति मात्र नभई उनकै विशेष दबाबमा संचालकहरुले नागरिकता फारम बेच्न राखेका सुरेश शर्मालाई ५ बर्ष अघि अनिवार्य अवकाश पाएपनि विना सुचना, प्रक्रिया तथा प्रतिस्प्रधा नगरि सिधै करारमा राखेका छन् । समितिकै एक सदस्यका अनुसार विदेशी केहि व्यक्तिगत दाताहरुले बालगृहलाई रकम पठाउने गरेका छन् । नाम गोप्य राख्न चाहने ती दाताहरुको श्रोत अर्याललाई मात्र थाहा भएकाले उनले भने बमोजिम बालगृह संचालकले काम गर्ने गरेका छन् । 

आफ्नै कागजी फर्मबाट राशन खरिद :


पारदर्शिता तथा व्यवस्थापिक जिम्मेवारी पाएका कर्र्मचारी अर्यालले आफै बालमन्दिर भित्र अनियमितता गरेको अर्को बलियो प्रमाण हो उनले राशन किन्ने फर्म वा पसल । अ.क.एण्ड बछलादेवि  नामको सप्लायर्स र पसल तौलिहवामा भौतिक रुपमा भने छैन । बालगृहले वैशाख १२ गते सार्वजनिक गरेको आयव्यय विवरणमा अ.क. एण्ड बछलादेवी जनरल सप्लायर्स तौलिहवालाई खाद्यान्नको रकम २ लाख ५१ हजार तिर्न बाँकी देखाइएको छ । जसको दररेट प्रेसपाटीले विहिबार प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उक्त सप्लायर्स र्फम अरु कसैको नभई अर्यालकै श्रीमती कमला आचार्यको हो । उक्त नामको कुनै पनि खाद्य वा किराना पसल तौलिहवा बजारमा नभएको व्यापारीहरु बताउछन् ।

बालगृहका सटर लिदै बेच्दै  :

बालगृहले २ बर्ष अघि निर्माण गरेको नयाँ ११ वटा सटर मध्ये २ वटा अर्यालले आफ्नी श्रीमती कमला आचार्यको नाममा किनेका थिए । अरुबाट ४ लाख डिपोजिट लिएपनि अर्यालले भने कागजमा मात्रै डिपोजिट देखाएर त्यहा श्रीमतीलाई फेन्सी पसल खोलिदिएका थिए । तर ५ महिना अघि मात्रै अर्यालले दुबै सटर तौलिहवाका व्यापारी गणेश गुप्तालाई ९ लाख रुपैयामा विक्री गरे । आफै व्यवस्थापक कर्मचारी भएर अर्यालले सटर खरिद विक्री गर्नु गैरकानूनी भएको स्थानीयबासीहरुको भनाई छ । उनले निर्माण अघि पनि व्यापारिहरुलाई सटर मिलाईदिने भन्दै ४ लाख धरौटी बाहेक थप रकम समेत लिएर सटर मिलाएको आरोप लाग्दै आएको छ ।  

नागरिकता फारम विक्रीमा अनियमितता :

बालगृह संचालनका लागि आउने श्रोत बारे प्रश्न उठेपछि प्रमुख जिल्ला अधिकारीले मागेको आम्दानी विवरणमा अर्यालले नागरिकता विक्रीबाट ५ लाख ४९ हजार ८४० रुपैया देखाइयो । तर शुक्रबार पुनः उक्त रकम बढेर ५ लाख ६५ हजार ३ सय पुग्यो । १ सातामा नागरिकता नबनेपछि फारम विक्री आम्दानीमा १५ हजार फरक हुनुको अर्थ नागरिकता फारम विक्रीमा अनियमितता हो । टुहुरा बालबालिका पाल्न प्रशासनले दिएको बलियो श्रोत नागरिकता फारम विक्री बालगृहमा २ थरि हुने गर्दछ । एउटा रसिद काटेर अर्को नकाटेर । नियम अनुसारको आम्दानी रसिदबाट देखिन्छ तर अधिकांश नागरिकता बनाउनेहरुले फारम किन्दा रसिद पाउदैनन् । रसिद विना विक्री भएका फारमको आम्दानी सिधै व्यवस्थापक र संचालकहरु बिच बाडिन्छ । त्यहि कार्यलाई सुरक्षित र व्यवस्थित गर्न ५ बर्ष अघि अवकाश पाएका सुरेश शर्मालाई अर्यालकै सिफारिशमा पुनः करारमा भर्ना गरि राखिएको छ । गत आ.ब.मा मात्रै कपिलवस्तुको तौलिहवा, बाणगंगा र चन्द्रौटामा कति नागरिकता बने र कति फारम विक्री भयो त्यसको संख्या जुधाए मात्रै नागरिकता फारममा भएको अनियमितता प्रस्ट हुने समितिकै सदस्यहरुको दाबी छ ।

निष्पक्ष छानबिन हुनुपर्ने :

कपिलवस्तु बाल गृह पारदर्शी र व्यवस्थित रुपमा संचालन गरिनुपर्ने तर त्यहा भएका अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग कपिलवस्तुबासीले गरेका छन् । कपिलवस्तु नगरपालिकाका समाजसेवी देवी बर्माले भोका, टुहुरा बालबालिकालाई पाल्ने जिम्मेवारी समुदाय र सरकारको भएपनि उनीहरुको नाम बेचेर अवैध धन्धा गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । बच्चाको पेट काटेर, मासु खानेहरुलाई अब कपिलवस्तुबासीले नछाड्ने बताउदै आवश्यक कारवाही गर्न प्रशासन संग माग गर्नुभयो । “हामीले बालगृहलाई दिदै आएको सहयोग रोक्नुहुदैन तर अनियमितता हेरेर बस्न पनि हुदैन” बर्माले भन्नुभयो । 

यद्यपी अर्यालले भने माथि लगाइएका सबै आरोपहरु निराधार भएको दाबी गरेका छन् । प्रेसपाटी संग टेफिफोनमा कुरा गर्दै अर्यालले बालबालिकाको क्षेत्रमा आफुले निस्वार्थ सेवा गर्दै आएको र ८ महिना देखि तलब नपाएपनि ऋण लिएर राशन खुवाएको अर्यालको भनाई छ । आरोपहरु आफुलाई बदनाम गराउन लगाइएको उनको तर्क छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६