अर्थ-वाणिज्य

अर्गानिक कृषि @ पन्थ समुह कसरी प्राप्त भयो यस्तो पहिचान ?



कपिलवस्तु १२ वैशाख  । एक दशकको इजरायलको अनुभव संगाल्नु भएका कपिलवस्तु निवासी युवा सन्तोष पन्थ यतिखेर इजरायलको सामुहिक कृषि प्रणाली र आफ्ना बुवा, बाजेले गर्दै आएको अर्गानिक कृषि प्रणालीलाई  आत्मसाथ गर्दै कृषि कार्यमा ब्यस्त बन्नु भएको छ ।जसका कारण स्थानीयले अर्गानिक कृषि एटदरेट पन्थ समुह भन्ने गर्छन । अर्गानिक कृषिको नाम पन्थ समुहसंग जोडिन पुगेकोछ । 


         नेपालमै कृषि पेशाबाट आफ्नो भविश्य सुनिश्चित गर्न सकिने दावी गर्दै पन्थले कृषि पेशालाई आफुले युवाहरुको अभियानकै रुपमा अगाडी बढाएको बताउनु भयो । पन्थले अहिले बजारमा हाइव्रेड विउँले स्थान लिएको चर्चा गर्दै आफ्ना बाबु, बाजेले अपनाएको पुरानो विधीबाट विउको संरक्षण, प्रवर्धन नगरे पुरानो तरकारीको वास्तविक स्वाद आफु र आगामी पुस्ताले पाउन कठिन हुने तर्क गर्दै परम्परागत शैलीबाट अर्गानिक खेती गर्ने कुरामा आफुहरुको जोड रहेको बताउनु भयो । उहाँले ५० हजार देखी एक लाख सम्म कमाउन विदेश जानु नपर्ने तर्क गर्दै मिहिनेत  र धैर्य गर्न सके गाउँमै आम्दानी गर्न सकिने दावी गर्नु भयो । पन्थले कुरा होइन आफुहरु कामबाट प्रेरणाको श्रोत बन्ने इच्क्षा रहेको बताउदै त्यसका लागि कपिलवस्तु र अर्घाखाँचीमा तीन वटा कृषि फर्म संचालन गरेको जानकारी दिनु भयो ।   

        पन्थको समूहले करिब १५ महिना देखी कपिलवस्तुको शिवराज ५ नौडिहवा क्षेत्रमा ऋगवेद कृषि फर्मको नामबाट २ विगाह,शिवराजकै खैरेन्द्रपुरमा भूमि पुजन कृषि फर्मकै नामबाट १७ कठ्ठा क्षेत्रफल र अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नं. ११, टिक्करीमा करिव ३ विगाहा क्षेत्रफलमा ब्यवसायिक कृषि खेती गर्दै आउनु भएको छ । पन्थले टिक्करीमा रहेको फर्मलाई शुद्ध अर्गानिक फर्मको रुपमा विकास गर्ने आफुहरुको सोच समेत रहेको बताउनु भयो । पन्थ समूहले जग्गा नभएर पनि लिजमा काम गर्न सकिन्छ भन्ने कुरालाई पुष्टी गर्न आफुहरुले सबै जग्गा लिजमा लिएर काम संचालन गरेको बताउनु भयो ।  

        पन्थको ७ जनाको समूले संचालन गरेको फर्मबाट अहिले १० जनाले रोजगारी पाएका छन् भने विदेश जान भौतारिने युवाहरुका लागि उदाहरणिय कार्य बनेको छ । तीन वटै फर्ममा उहाँहरुले थोपा सिचाई र अन्य विधीबाट सिचाईको ब्यवस्था गर्दै आधुनिक र परम्परागत दुवै विधी अवलम्बन गर्दै कृषि खेती संचालन गरेको पन्थले बताउनु भयो । पन्थको सामूहिक कृषि खेतीका लागि आफुहरुले करिव ५० लाख लगानी गरेको बताउदै अध्ययन, अनुसन्धानका लागि समेत ठूलो रकम लगानी गरेको बताउनु भयो । उहाँले आफु जस्ता युवाहरुको शुरुवाँत संगै धेरै साथीहरुले कृषि पेशलाई जिल्लामा अनुसरण गरेकोमा खुसी ब्यक्त गर्नु भयो । 

        युवा कृृषक पन्थले लकडाउनका बेला प्रदेश ५ को भूमि, कृषि तथा सहकारी मन्त्रालयले संचालन गरेको कृषि एम्बुलेन्स सेवाबाट कृषकहरुलाई प्रत्यक्ष राहत पुगेको तर्क गर्दै यो सेवाले कृषक र कृषि मन्त्रालय बीचको दुरी समेत कम गर्ने मौका मिलेको बताउनु भयो । अभियानले कृषकको उत्पादन सड्नबाट बचेको र वास्तविक किसानले उचित मूल्य समेत पाएको दावी गर्नु भयो । उहाँले आफुहरुले यस अभियानलाई सहयोग पु¥याउदै कृषकका बीच पुग्ने कुरामा सहजीकरण गर्ने जानकारी दिनु भयो । कपिलवस्तु जिल्लामा खासगरी धनकौली, जरलैया, जहदी, महेन्द्रकोट जस्ता क्षेत्र तरकारी उत्पादनका हिसावले पोकेट क्षेत्रका रुपमा लिने गरिन्छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६