सूचना र प्रविधि

हिंसा पीडित महिलाको आश्रय गृहमा सहयोग गर्नेको ध्यान जादै,कोषका सदस्यद्वारा राहत सामाग्री हस्तान्तरण



कपिलवस्तु १३ बैशाख  महिला आश्रय गृहका समस्या  तर्फ यतिबेला ध्यान दिने थोरैमात्र देखा परेका छन् । कोरोना भाईरसका कारण एक महिना भन्दा बढी सयम देखि जारी लकडाउनले अभाव र समस्या झलैरहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोलमा रहेको महिला आश्रय गृहलाई सहयोगका हात वढाउन यसैबीच खाद्यान्न सहितका सामाग्री लिएर लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली पुग्नु भएको छ । उहाले खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

         साथी संस्थाले घरेल’ हिंसा प्रभावित महिला र बालिकाका लागी सञ्चालन गरेको आश्रय गृहलाई उहाले सामाग्री हस्तान्तरण गर्नु भएको हो । ज्ञवालीले आश्रय गृह प्रमुख बिमला घिमिरेलाई चामल, तेल, दाल, पिठा, नुन, सरसफाई सामाग्री र मास्क लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । ५० किलो चामल, १२ लिटर खाने तेल १० किलो पिठो ५ किलो दाल ५ प्याकेट नुन, आधा दर्जन साबुन र मास्क प्रदान गर्नु भयो ।

        खाद्यान्न सामाग्री बुझ्दै  प्रमुख घिमिरेले स्थाई आम्दानी नरेहको आश्रय गृह सञ्चालनमा समस्या रहेका बेला समाजसेवी ज्ञवालीले दिएको सहयोगले राहत पुगेका प्रष्टाउनु भयो ।अहिले आश्रयगृहमा हिंसामा परको चार महिला र दुई कर्मचारीहरु छन । लकडाउनले खाद्यान्नको अभाव भएको बेला प्रदान गरिएको राहतले केही भए पनि सजिलो भएको घिमिरेले बताउनु भयो  ।  एक साता अघि ज्ञवालीले सदरमुकाम तौलिहावमा रहेका ५ एम्बुलेनस चालकलाई पिपिई सेट दिनु भएको थियो 

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६