कपिलवस्तु, १५ बैशाख । अबका तीन दिन मेघगर्जन चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । अहिले देशमा पश्चिमी वायु रस्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबारदेखि बुधवारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सभ्भावना रेहको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
बैशाख १५ गते सोमबार
दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १६ गते मंगलबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १७ गते बुधबार

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाल अनुरोध छ ।
प्रतिक्रिया