खलंगा, १५ बैशाख । जुम्लाको पातारासी गाउँपालिकाको लुम, छुमचौर र तल्फी गाउँमा शनिबार परेको असिनाले स्याउ बालीमा ठूलो क्षति पु¥याएको छ । स्याउमा सानासाना दाना लागेको समयमा असिना परेकाले सो गाउँको स्याउ उत्पादनमा कमी आउने किसान कृष्ण बोहोराले बताउनुभयो । “विगत वर्षमा स्याउको एउटै बगैँचाबाट रु पाँच लाखभन्दा बढी आम्दानी हुन्थ्यो, यो वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई घाटा पुर्याएको छ”, उहाँले भन्नुभयो । स्याउ बीमा गरेका किसानलाई सहज भए पनि अन्य किसानलाई समस्या भएको उहाँको भनाइ थियो ।
स्याउ मात्र होइन असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ । तरकारीको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिकाको वडा नं १ र ४ मा किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभँेडा, काउली, गाजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्याएको स्थानीयवासी जगत बुढाले बताउनुभयो । असिना पानीले करिब रु एक करोड बराबरको तरकारी तथा स्याउमा क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया